दैलेखमा प्रहरीसहित तीनजना मृत फेला
दैलेख | भदौ २, २०८०
दैलेख: ड्युटीमा खटिएका प्रहरी हवल्दारसहित तिन जना खोला छेउमा मृत फेला परेका छन्।
दैलेख र सुर्खेतमा तिन जना मृत फेला परेपछि प्रहरीले अनुसन्धान थालेको हो।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१० चौखेढुगां खोला पुलको आडैमा मृत फेला परेका सशस्त्र प्रहरी बल रक्तकाली गणमा कार्यरत ४५ वर्षीय वरिष्ठ हवल्दार रामबहादुर थापा रहेका छन्।
वीरेन्द्रनगर नगर पालिका – १२ विरुवाबारी भन्ने स्थानमा घर भएका प्रहरी हवल्दार थापा शुक्रवार राती साढे १० बजे ड्युटीमा खटिएका थिए। उनी सहित ७ जना प्रहरी ड्युटीमा रहेका थिए।
ठुलो वर्षा आएको र फर्कने बेला माथिल्लो बाटो भएर खोला तर्न लाग्दा उनी बगेर मृत्यु भएको सुर्खेत प्रहरी प्रवक्ता लक्ष्मण शाहीले बताए। घर नजिकै भएकाले घरतिर गएको होला भनेर अरु ६ जना प्रहरीहरू गणमा राती पुगेका थिए।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ढोडेखाली पुलमुनि मृत भेटिएका दैलेखको दुल्लु नगरपालिका–१० छुवालाका करिब ४० वर्षीय लालबहादुर भण्डारी रहेको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। भण्डारी वीरेन्द्रनगर नगरपालिका –१ मा बस्दै आएका थिए।
त्यस्तै दैलेखका गाउँ गाउँ घुम्दै सिलाजित लगायतका जडिबुटी बेच्ने एक व्यापारी हराएको पाँच दिनमा दैलेखको भगवतीमाई गाउँपालिका–१ पगनाथको भेरीखोलामा मृत फेला परेका छन्।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

