रामेछाप कारागारमा ८४ वर्षीय कैदीको मृत्यु

रामेछाप | भदौ ५, २०८०

रामेछाप कारागारमा ८४ वर्षीय कैदीको मृत्यु सांकेतिक तस्वीर

रामेछाप:   कारागार कार्यालय रामेछापमा एक कैदीबन्दीको मृत्यु भएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिका–६ रोटेका ८४ वर्षका पदमबहादुर श्रेष्ठको गएराति मृत्यु भएको हो।


शौचालय जाँदा लडेर घाइते भएका श्रेष्ठलाई कारागार कार्यालय रामेछापले उपचारका लागि जिल्ला अस्पताल रामेछाप भर्ना गरेको थियो । उनको उपचारको क्रममा गएराति ज्यान गएको कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिए । 


जबरजस्ती करणी उद्योग मुद्दामा श्रेष्ठलाई २०७७ सालमा जिल्ला अदालत रामेछापले जन्मकैदको फैसला सुनाएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्