गृह मन्त्रालय तानियो अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई

काठमाडाैं | भदौ ७, २०८०

गृह मन्त्रालय तानियो अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई

६० किलो सुन प्रकरणमा शंकास्पद भूमिका रहेको भन्दै अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालय तानिएको छ।

 

उनीमाथि सार्वजनिक रूपमा प्रश्नहरू उठेका कारण सत्यतथ्य बुझ्नका लागि मन्त्रालय तानिएको गृह मन्त्रालय स्रोतको भनाइ छ।

 

अधिकारीले सुन प्रकरणमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङसँग म्यासेजमार्फत् संवाद गरेको भन्दै सार्वजनिक रूपमा प्रश्न उठेको थियो। ‘उहाँमाथि प्रश्न उठेकाले थप सोधपुछ गर्न गृह मन्त्रालय तानिएको हो,’ मन्त्रालय स्रोतले सेतोपाटीसँग भन्यो।

 

गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो। अधिकारी गत  फागुनमा अध्यागमन विभागका महानिर्देशक बनेका थिए। 

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ ।   अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...

थप पढ्नुहोस्

रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...

थप पढ्नुहोस्

कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

थप पढ्नुहोस्