प्रहरीको हत्या आरोपी आमाछोरा पुर्पक्षका लागि कारागार चलान

बाग्लुङ | भदौ ७, २०८०

प्रहरीको हत्या आरोपी आमाछोरा पुर्पक्षका लागि कारागार चलान

बागलुङ:     प्रहरी वरिष्ठ सई उज्वल पौडेलको हत्या आरोपित दुई जनालाई जिल्ला अदालत बागलुङले पुर्पक्षका लागि कारागार चलान गरेको छ।  


अदालतले बुधबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले बडिगाड गाउँपालिका–६ स्थित आशा होटल तथा खाजा घरका सञ्चालक ५१ वर्षीया आशा कुँवर र उनका छोरा २० वर्षीय विनोदलाई पुर्पक्षका लागि जेल पठाएको हो। 


जिल्ला प्रहरी कार्यालय बागलुङले गत साउन ८ गते राति ११ बजे कुँवर आमा छोराले मिलेर भिमगिठेस्थित इलाका प्रहरी कार्यालयका इन्चार्ज वरिष्ठ सई पौडेलको हत्या गरेको भन्दै मुद्दा दर्ता गरेको छ। 


खाजा खान होटलमा गएका पौडेल राति १ बजे होटलमै मृत फेला परेका थिए। होटलमा झगडा भएको भन्ने खबर प्राप्त भएपछि घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय भिमगिठेको टोलीले सई पौडेललाई मृत फेला पारेको थियो।


हत्या आरोपमा प्रहरीले होटल सञ्चालक कुँवर आमाछोरालाई गत साउन ९ गते पक्राउ गरेर अनुसन्धानका लागि जिल्लामा ल्याएको थियो। पौडेल रातिसम्म बसेपछि आशासँग भनाभन भएको र त्यसपछि निर्घात कुटपिट गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा उल्लेख छ।

 

पौडेलको पोस्टमार्टम रिपोर्टमा पनि शरीरभरी नीलडाम र घाउ देखिएको तथा घाँटीमा कसिएको डाम देखिएको उल्लेख छ। पौडेलको घाँटीमा लगाएको सिक्री समेत प्रहरीले होटलको पैसा राख्ने सोकेसबाट फेला पारेको थियो। 


निर्घात कुटेपछि बेहोस भएका पौडेलको घाँटी थिचेर मारेको आरोपीले बयान दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक मदन केसीले बताए। 


उनले प्रहरीलाई आमाछोराले एउटै बयान दिएको बताए। तर, आरोपीहरूले अदालतमा भने फरक–फरक बयान दिएका थिए। अदालतको आदेशपछि आमाछोरा दुवै जना बुधबारै बागलुङ जिल्ला कारागार चलान भएका छन्।

गुल्मी: गुल्मीस्थित मालिका गाउँपालिकामा छोराले बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन् ।  मालिका– ३ म्यालका २३ वर्षीय भोटबहादुर विकले शनिबार ५२ वर्षीय धनबहादुरको हत्या गरेको जिल्ला प्र...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँस्थित कागबेनी–कोरला सडक अन्तर्गत विभिन्न १० स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । बिहीबार रातिदेखि परेको निरन्तर वर्षाका कारण सो  सडकका विभिन्न स्थानमा लेदोसहितको बाढीले सडक संरचन...

थप पढ्नुहोस्

काठमाडौं:   सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच सहमति भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार ९कात्तिक १५० भएको वार्तामा मन्त्रालय र नर्सिङ पक्षका प्रतिनिधिबीच सहमति जुटेको हो । ...

थप पढ्नुहोस्