पोखरामा जुवाखालबाट घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंङ पक्राउ

पाेखरा | भदौ ८, २०८०

पोखरामा जुवाखालबाट घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंङ पक्राउ

पोखरा:   पोखरा सिर्जनाचोकको एक होटलमा जुवाखालबाट प्रकाउ परेका ७ जना मध्ये एकजना गाउँपालिका अध्यक्ष रहेको खुल्न आएको छ । 


जुवाखालबाट प्रकाउ परेका ७ जना मध्ये एकजना मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन रहेको सुनगाभा न्यूजलाई प्राप्त विशेष स्रोतले पुष्टि गरेको हो ।


वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई  ४ लाख ४७ हजार ८० रूपैयाँसहित हिजो (बिहीबार) प्रकाउ गरेको थियो । 


पक्राउ पर्नेमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षसमेत रहेका मोहनसिंङ लालचनसंगै, घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।
 

जुवाखालबाट प्रकाउ परेका सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने तयारी रहेको बताइएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्