पोखरामा जुवाखालबाट घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंङ पक्राउ
पाेखरा | भदौ ८, २०८०
पोखरा: पोखरा सिर्जनाचोकको एक होटलमा जुवाखालबाट प्रकाउ परेका ७ जना मध्ये एकजना गाउँपालिका अध्यक्ष रहेको खुल्न आएको छ ।
जुवाखालबाट प्रकाउ परेका ७ जना मध्ये एकजना मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन रहेको सुनगाभा न्यूजलाई प्राप्त विशेष स्रोतले पुष्टि गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामले पोखरा ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा ७ जनालाई ४ लाख ४७ हजार ८० रूपैयाँसहित हिजो (बिहीबार) प्रकाउ गरेको थियो ।
पक्राउ पर्नेमा मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्षसमेत रहेका मोहनसिंङ लालचनसंगै, घोरपझोङका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् ।
जुवाखालबाट प्रकाउ परेका सातैजनालाई आज म्याद थप गरी अनुसन्धान गर्ने तयारी रहेको बताइएको छ ।
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

