तनहुँको ब्राइट फ्युचर स्कुलमा विद्यार्थीलाई यातना, सय पटक उठबस गर्दागर्दै ढले युनिश
विद्यालय भन्छ– परिवारले नसकेर यहाँ ल्याएकाे विद्यार्थी हाे
तनहुँ | भदौ १२, २०८०
पोखराः सधैं झै तनहुँका १६ वर्षीय युनिश थापा साउन ३० गते पनि झोला बोकेरै स्कुल गए ।
विज्ञान विषयको गृहकार्य (होमवर्क) नगरेपछि सजायस्वरुप सय पटक उठबस गरे । पछि गणित विषयको समयमा सोही कक्षाकै एकजनासँग झगडा गरेपछि थापालाई गणित शिक्षकले फेरि उठबसको सजाय सुनाए ।
त्यसपछि सजाय भोगीरहेका युनिश १ सय पटक गर्दै गर्दा एक्कासी ढले ।
यो घटना तनहुँको ब्राइट फ्युचर स्कुलको हो । स्कुल अवधिमै ढलेका थापाको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएपछि कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई मानसिक र शारीरिक यातना दिइएको खुल्न आएको हो ।
अस्पतालको रिपोर्टका अनुसार युनिशको पिसाबमा रगत देखिएको, खुट्टाको मसल च्यातिएको र कलेजोमा समस्या देखिएको उनका आमा सुनिता खत्री थापाले बताइन् ।
‘विद्यालयमा झगडा र होमवर्क नगरेको भन्दै सजाय दिँदा अहिले बाबुको स्वास्थ्यमा असर परेको छ’, खत्री थापाले भनिन्, ‘विद्यालयमा दिएको सजायको कारण नै बाबु राम्रोसँग बस्न र ट्वाइलेट बस्न पनि नसकेपछि भदौ १ गते अस्पताल भर्ना गरेको हो । अहिले उपचार पछि घर फर्किएका छौं ।’
विद्यालयमा सजाय पाएकै कारण युनिश साउन ३१ गते विद्यालय जान नमानेपनि फकाएर विद्यालय पठाएको सुनिताले सुनाइन् ।
उनका अनुसार ३२ गते झन् गाह्रो भएपछि उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । युनिश ६ दिनको उपचारपछि अहिले घरमै आराम गरिरहेका छन् ।
विद्यालय प्रशासनसँग सो विषयबारे बुझ्दा प्रशासन शाखामा कार्यरत कर्मचारी मनिषा थापाले भनिन्, ‘होइन त्यो बच्चा आफै के–के लागुपदार्थ सेवन गर्ने गरेको, बाबामम्मीले पोखरामै कता कता लानुभको र नसकेर पोखराको स्टुडेन्ट यहाँ लिएर आका हुन् के उल्लाई ।’
तर विद्यालयमा दुईजनाबीच झगडा भएपछि शिक्षकले उठबस गराउन लगाएको भने उनले स्वीकारिन् । ‘त्यो बाबुचाँही क्लासमा आफ्नो साथीसँग झगडा गरिराको रैछ । टाउकोमा हानाहान गरिरराको रहेछ । त्यसपछि उनीहरुलाई गणित शिक्षकले सक्छौ भने उठबस गरन भनेपछि गर्दै गर्दा १ सय चोटीमा उ ९युनिश थापा० लडेको हो,’ उनले भनिन् ।
दुई विद्यार्थीबीच कुटाकुट गरेको भिडियो सिसिटिभी फुटेजमा देखिएको उनले बताइन् ।
‘विद्यालयमा यस्तो घटना भएको भनेर जानकारी आएपछि सिसीटिभी हेर्दा फुटेजमा त्यो रेकर्ड देखिएको छ’, ति कर्मचारीले भनिन्, ‘घटना भएको भोलिपल्ट विद्यार्थी विद्यालय आएपनि त्यसपछि विद्यालयमा आएका छैनन् ।’
आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

