प्रधानमन्त्रीलाई प्रश्न: नवलपुरको विकास किन ओझेलमा पर्याे ?

नवलपुर | भदौ १२, २०८०

प्रधानमन्त्रीलाई प्रश्न: नवलपुरको विकास किन ओझेलमा पर्याे ?

नवलपुर: नवलपुरको विभिन्न विकासका विषयमा जिल्लाको टोलीद्वारा प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ । 

 

जिल्ला समन्वय समिति नवलपुरको समन्वयमा संघीय तथा प्रदेश सांसद, पालिकाका जनप्रतिनिधि ,जिल्लाका राजनीतिक दलका प्रतिनिधि लगायतको सँयुक्त उपस्थितिमा प्रधानमन्त्री समक्ष जिल्लाको विकासका विषयमा ध्यानाकर्षण गराएको हो ।

 

जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले जिल्लामा विभिन्न योजना तथा बजेट सुनिश्चितताको माग गरिएको बताए ।

 

उनले नमूना सदरमुकामको काम अघि बढ्न नसकेको र गत वर्षको बजेटसमेत फ्रिज भएको हुदाँ उक्त कार्यलाई तत्काल अगाडि बढाउनका लागि कार्यक्रममा समावेश गरी आवश्यक बजेट  व्यवस्था गरिदिन ध्यानाकर्षण गराइएको प्रमुख विश्वकर्माले जानकारी दिए ।

 

उक्त टोलीले बुझाएको पत्रमा नवलपुर (ब.सु.पू.) जिल्लाको गण्डकी प्रदेश राजधानी जोड्ने पहाडी मार्गलाई छिटो सम्पन्न गर्न जोड दिनुपर्ने,  जिल्लाको नमुना सदरमुकाम हुँदै बग्ने केरुङ्गे खहरे खोला लगायत जिल्लामा अवस्थित अन्य खोलाहरु मानवबस्ती भन्दामाथी भएकाले सोबाट निकट भविष्यमा कावासोती बजार र अन्य क्षेत्रमा पर्न सक्ने जोखिमलाई ध्यान दिँदै खोला व्यवस्थापनका लागि बजेटको व्यवस्था गर्नुपर्ने, नवलपुर (ब.सु.पू.) जिल्लामा पर्ने नेपालकै सबैभन्दा ठूलो धौबादी फलाम खानी संचालनमा ल्याउन आवश्यक बजेट व्यवस्था गर्नुपर्ने, नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्लाको नाम परिवर्तन गरि नवलपुर जिल्ला नामाकरण गर्नु पर्ने, दुम्कीबासबाट त्रिवेणी जोडने सडकलाइ तत्काल संचालनमा ल्याउनु पर्ने,  प्रदेश औद्योगिक क्षेत्र लोकाहाको कार्य अगाडी बढाउनु पर्ने उल्लेख छ ।

 

 

जिल्ला समन्वयको संयोजनमा पुगेको टोलीमा संघीय सांसद डा. शशांक कोइराला, प्रदेश सांसद रोशन बहादुर गाहा, दमयन्ती रूचाल, देवचुलीका नगर प्रमुख हरिप्रसाद न्यौपाने, गैंडाकोटका मेयर मदन भक्त अधिकारी , विनयी त्रिवेणीका अध्यक्ष घनश्याम गिरी, माओवादी केन्द्रका नेता किसन शर्मा लगायत विभिन्न राजनीति दलका व्यक्तिको सहभागीता रहेको थियो ।

 

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले नवलपुरको भूगोलका विषयमा आफू जानकार रहेको र उठाएका विषय सम्बोधनका लागि पहल गर्ने धारणा राखेका थिए ।


 

पोखरा:  पोखरामा विषालु च्याउ खाँदा तीन जना बिरामी भएका छन् । पोखरा महानगरपालिका तितेपानी स्थित रहेको जंगलमा रहेको जंगली विषालु च्याउ खाँदा बिरामी परेका हुन् ।  विषालु च्याउ खाँदा बिरामी हु...

थप पढ्नुहोस्

 पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारले टुँडिखेल घन्काउने भ...

थप पढ्नुहोस्

पोखरा: वि १३ युकेले फुटबल प्रतियोगिताबाट उठेको रकम मृगौला पीडितलाई सहयोग गरेको छ ।  पोखरा १३ बाझापाटनको युके स्थिति क्लबले क्षेत्र बहादुर विकलाई ३५ हजार रुपैयाँ सहयोग गरेको हो ।  युक...

थप पढ्नुहोस्