पोखरामा समाजवादी मोर्चाको सन्देश सभा शुक्रबार, प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बोधन गर्ने

समाजवाद स्थापना गर्न मोर्चा गठन: सांसद पौडेल

काठमाडाैं | भदौ १४, २०८०

पोखरामा समाजवादी मोर्चाको सन्देश सभा शुक्रबार, प्रधानमन्त्री ‘प्रचण्ड’ले सम्बोधन गर्ने

पोखरा:  समाजवादी मोर्चा, नेपाल गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्न प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आउने भएका छन् । 

 

प्रधानमन्त्री प्रचण्डसहित एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सभालाई सम्बोधन गर्न पोखरा आउने लागेका हुन् । 

 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश ईन्चार्ज एवम् पार्टी सचिव देवेन्द्र पौडेलले समाजवाद स्थापना गर्ने मूल उद्धेश्यसहित मोर्चा गठन गरेको बताए । 

 

‘संघीयता, लोकतान्त्रिक गणतन्त्र, सुशासन, आर्थिक र सामाजिक न्याय सहितको नेपाली विशेषताको समाजवाद स्थापना गर्ने मुल उद्धेश्य हो’, पौडेलले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको मौलिक विशेषताहरुको पहिचान गरी समाजवादको नेपाली बाटो तय गर्ने प्रतिवद्धतासहित समाजवादी मोर्चा गठन भएको हो ।’

 

उनले समाजवादी मोर्चा नेपाल गण्डकी प्रदेशको संयोजन समितिमा हरेक दलबाट तीन–तीन जना प्रतिनिधि हुने बताए । 

 

समितिमा माओवादी केन्द्रबाट गायत्री गुरुङ, ज्ञामनाथ गैरे, जगन्नाथ खनाल, एकीकृत समाजवादीबाट केशवलाल श्रेष्ठ, श्रीनाथ बराल, प्रतापलाल श्रेष्ठ, जनता समाजवादी पार्टी, नेपालबाट गोपाल गुरुङ, निर्मल जिसी,रमेश नेपाली, नेपाल कम्युनिष्ट पार्टीबाट राजन सी, दिपा सी र काजी सी रहेका छन् । 

 

मोर्चाको अध्यक्षता आलोपालो प्रणाली अन्तर्गत अहिले नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले समाल्दै  आएकी छिन् । 

 

समाजवादी मोर्चा, नेपाल केन्द्रीय संयोजन समितिले तय गरेको कार्यक्रम अनुसार भोलि भदौं १५ गते पोखरामा सभा आयोजना गरेको अध्यक्ष गायत्री गुरुङले जानकारी दिइन् ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्