काठमाण्डौमा बसले जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ६ जना घाइते
काठमाडाैं | भदौ १७, २०८०
काठमाण्डौ: काठमाण्डौको पेप्सीकोला–काँडाघारी सडक खण्डमा बिहान बसले अरु गाडीलाई ठक्कर दिँदा ६ जना घाइते भएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिहान पौने ८ बजे जडीबुटीबाट पेप्सीकोलातर्फ जाँदै गरेको बसले एउटा जीप, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
ओभरटेक गर्ने क्रममा बस अन्य गाडीसँग ठोक्किएको हुन सक्ने प्रहरीको अनुमान छ । दुर्घटनामा परेका गाडीको नम्बर खुलेको छैन भने घटनाको विस्तृत विवरण पनि आएको छैन ।
प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
गलकोट: निर्माण व्यवसायीको लापरबाहीका कारण बागलुङको मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड अलपत्र परेपछि स्थानीयले शीघ्र काम गर्नुपर्ने भन्दै सरोकार भएका निकायलाई ध्यानाकर्षण गराएका छन् । निमार्णा...
पोखरा: डा. जसपाल पाख्रिन तामाङको प्रस्तुतिमा गायक सन्तोष बस्याल र गायिका अस्मिता अधिकारीको स्वरमा सजिएको नयाँ गीत “मायामा मायामा” पोखरामा एक भव्य समारोहबीच सार्वजनिक गरिएको छ । ...
काठमाडौं: गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु। ७०० ले बढेको छ भने चाँदी प्रतितोला रु। पा...

