नाटक  ‘केस नम्बर ३११’  मञ्चन जारी

पाेखरा | असार ५, २०७९

नाटक  ‘केस नम्बर ३११’  मञ्चन जारी

पोखरा:  नाटक ‘केस नम्बर ३११’ मञ्चन जारी रहेको छ । गत शुक्रबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक  असार ११ गतेसम्म मञ्चन हुनेछ । नाटक पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको हो ।

 

 यो नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका हुन् । सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनु भएको छ ।

 

नाटकमा झलक थापा,  सुशिल बराल, मनिषा के.सी, अदित भुजेल र एलिसा भोगले अभिनय गर्नुभएको छ । यसैगरी गोपाल भुषाल, अनामिका रिजाल, प्रतीक राउत, प्रतिभा रिमाल,  पाल्मती थापा, कमल तामाङ, दिप्सना विश्वकर्मा, सुरज तिवारी तथा दिव्य अमृतको अभिनय समेत हेर्न पाइनेछ ।

 

नाटक बुधबार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गर्नुभएको हो ।

 

हिंसाले पिडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकत्रयको भनाई छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उहाँहरुको अपेक्षा हो ।

 

पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको हो । नाटकमा महिलामाथि हुने घटना र घटनाले पार्ने मानसिक असरलाई नयाँ तरिकाले प्रस्तुत गरिएको छ । यो नाटकले मूलतः डिसोसियटिभ आइडेन्टीटी डिसअर्डरको खोजि गर्न प्रेरित गरेको छ । कलाकारको मेहनतका कारण नाटक आकर्षक बनेको छ ।

 

नाटक हेर्न पुगेका दर्शकको प्रतिक्रियाका कारण कलाकार समेत उत्साहित बनेका छन्  ।

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्