नाटक  ‘केस नम्बर ३११’  मञ्चन जारी

पाेखरा | असार ५, २०७९

नाटक  ‘केस नम्बर ३११’  मञ्चन जारी

पोखरा:  नाटक ‘केस नम्बर ३११’ मञ्चन जारी रहेको छ । गत शुक्रबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक  असार ११ गतेसम्म मञ्चन हुनेछ । नाटक पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको हो ।

 

 यो नाटकको लेखन तथा निर्देशन पोखरा थिएटरको व्याच ४ र व्याच ५ का प्रशिक्षार्थीले गरेका हुन् । सहजकर्ताको रुपमा पोखरा थिएटरका अध्यक्ष परिवर्तनले सघाउनु भएको छ ।

 

नाटकमा झलक थापा,  सुशिल बराल, मनिषा के.सी, अदित भुजेल र एलिसा भोगले अभिनय गर्नुभएको छ । यसैगरी गोपाल भुषाल, अनामिका रिजाल, प्रतीक राउत, प्रतिभा रिमाल,  पाल्मती थापा, कमल तामाङ, दिप्सना विश्वकर्मा, सुरज तिवारी तथा दिव्य अमृतको अभिनय समेत हेर्न पाइनेछ ।

 

नाटक बुधबार बाहेक हरेक दिन साँझ सवा पाँच बजे मञ्चन गरिनेछ । यसका अलावा शनिबार र आइतबार दिउँसो १ बजे समेत नाटक हेर्न पाइन्छ । यो नाटकको परिकल्पना दिव्य अमृत, दिप्सना विश्वकर्मा, सुशिल बरालले गर्नुभएको हो ।

 

हिंसाले पिडितमा पार्न सक्ने मानसिक असरलाई चित्रण गर्ने अभिप्रायले समसामयिक विषयमा नाटक तयार पार्न खोजेको निर्देशकत्रयको भनाई छ । नाटक हेरिसकेपछि महिला हिंसा र मनोविज्ञानका सम्बन्धमा नयाँ अवधारणा बन्ने उहाँहरुको अपेक्षा हो ।

 

पोखरा थिएटरमा पहिलो पटक इम्प्रोभाइजेस्नल विधिबाट नाटक तयार पारिएको हो । नाटकमा महिलामाथि हुने घटना र घटनाले पार्ने मानसिक असरलाई नयाँ तरिकाले प्रस्तुत गरिएको छ । यो नाटकले मूलतः डिसोसियटिभ आइडेन्टीटी डिसअर्डरको खोजि गर्न प्रेरित गरेको छ । कलाकारको मेहनतका कारण नाटक आकर्षक बनेको छ ।

 

नाटक हेर्न पुगेका दर्शकको प्रतिक्रियाका कारण कलाकार समेत उत्साहित बनेका छन्  ।

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्