ढल्के जोवान कपमा ‘गार्डेन एफसी च्याम्पियन’

पाेखरा | भदौ १७, २०८०

ढल्के जोवान कपमा ‘गार्डेन एफसी च्याम्पियन’

पोखरा:  पोखरामा सम्पन्न पहिलो संस्करणको ढल्के जोवान ३५ प्लस भेट्रान्स ​सिक्स ए साइड फुटसल प्रतियोगितामा गार्डेन एफसी च्याम्पियन भएको छ ।

 

पोखरा ४ गणेशटोलस्थित स्पोर्टस् क्यासलमा शनिबार भएको फाइनल खेलमा फङ्की बिन्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै गार्डेन च्याम्पियन बनेको हो ।

 

गार्डेनको जीतमा सन्तोष कार्कीले ह्याट्रिक गरे भने विकास गुरुङले १ गोलको याेगदान दिएका थिए । गार्डेनको तर्फबाट १ आत्मघाती गोल भएको थियो ।

 

प्रतियोगिताको उपाधि जितेको गार्डेन एपफसीले नगद रु ५१ हजार ट्रफी र प्रमाण पत्र प्राप्त गर्याे ।

 

यस्तै  उपविजेता बनेको फङ्की बिन्सलाई नगद रु ३१ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको आयोजक संस्थाका संस्थापक गोविन थापाले जानकारी दिए ।

 

उनका अनुसार प्रतियोगिताबाट गार्डेन एफसीका विकास गुरुङ उत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत भए भने सोही टिमकै विकास गुरुङ प्रतियोगिताकै उत्कृष्ट गोलकिपर घोषित भएका थिए ।

 

प्रतियोगितामा अनुशासित खेल प्रदर्शन गरेको गण्डकी स्पोर्टसले फेयर प्ले ट्रफी प्राप्त गर्याे । 

 

विजेता उपविजेता टिमका खेलाडीहरुलाई पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णुप्रसाद बराल तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए ।
 

फुटबलर गोविन थापाले आयोजना गरेको सो प्रतियोगिताको प्रथम पुरस्कार मोना एफसी हङकङले र दोस्रो पुरस्कार इलाइट मुआ थाइले प्रायोजन गरेको थियो ।
 

काठमाडौं:  प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले प्रारम्भिक तयारीका काम सुरु गरेको छ । यसअघि आगामी कात्तिक १७ गतेका लागि निर्धारित रुपन्देही निर्वाचन...

थप पढ्नुहोस्

काठमाडौं:  यस पटको बडा दशैंको  टीकाको साइत असोज १६ गते विहिवार विहान ११ बजेर ५३ मिनेटमा रहेको छ ।  नेपाल पाञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस पटक बडादशैंको घटस्थापनाको साइत अस...

थप पढ्नुहोस्

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीलाई पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी सँघले कम्प्युटर तथा प्रिन्टर सहयोग गरेको छ ।   जिल्ला प्रहरी कार्यालय पुगेर सँघका अध्यक्ष जीवन गुरुङ, सचिव दिलु ल...

थप पढ्नुहोस्