जागिर छाडेपछि पुरानै कार्यालयमा चोरी गर्ने अजित पक्राउ
कास्की | असार ५, २०७९
कास्की: वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा १४ विपीमार्गस्थित चुलो सेवा प्रालिको काउण्टरबाट नगद चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका २१ निर्मलपोखरी घर भई पोखरा १० औधोगिक क्षेत्र बस्ने २१ वर्षिय अजित विक रहेका छन् । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको हो ।
पक्राउ परेका विकको साथबाट नगद ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ र १ थान मोबाइल बरामत गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता एवम् प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताए । उनका अनुसार चोरी गर्ने विक २ महिना अघि सम्म उक्त प्रालिमा लेखापाल (एकाउन्टेण्ट) का रुपमा कार्यरत थिए ।
औधोगिक क्षेत्रबाट सादा पोशाकमा एम्बुसिङ डिउटीमा खटिएको प्रहरी टोलीले आज (आइतबार) विहान साढे २ बजे विकलाई संकास्पद अवस्थामा झोलाको साथमा उक्त टोलीले नियन्त्रणमा लिएको निमिक्त प्रवक्ता खड्काले जानकारी दिए ।
उनका अनुसार सोही क्रममा सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गैह्रापाटन पठाएको थियो । अहिले विकमाथी चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ ।
विकको साथबाट ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ बरामत गरेपनि चुलो सेवा प्रालिका संचालक सन्त बहादुर लामिछानेले भने उक्त काउण्टरमा ७ लाख २५ हजार ३ सय ५० र भारु ९ हजार रहेको प्रहरीलाई जानकारी दिएका थिए । सो बारे पनि अनुसन्धान हुने कास्की प्रहरीले जनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

