जागिर छाडेपछि पुरानै कार्यालयमा चोरी गर्ने अजित पक्राउ
कास्की | असार ५, २०७९

कास्की: वडा प्रहरी कार्यालय रामबजारको टोलीले पोखरा १४ विपीमार्गस्थित चुलो सेवा प्रालिको काउण्टरबाट नगद चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका २१ निर्मलपोखरी घर भई पोखरा १० औधोगिक क्षेत्र बस्ने २१ वर्षिय अजित विक रहेका छन् । उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीले सार्वजनिक गरेको हो ।
पक्राउ परेका विकको साथबाट नगद ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ र १ थान मोबाइल बरामत गरिएको कास्की प्रहरीका निमित्त प्रवक्ता एवम् प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले बताए । उनका अनुसार चोरी गर्ने विक २ महिना अघि सम्म उक्त प्रालिमा लेखापाल (एकाउन्टेण्ट) का रुपमा कार्यरत थिए ।
औधोगिक क्षेत्रबाट सादा पोशाकमा एम्बुसिङ डिउटीमा खटिएको प्रहरी टोलीले आज (आइतबार) विहान साढे २ बजे विकलाई संकास्पद अवस्थामा झोलाको साथमा उक्त टोलीले नियन्त्रणमा लिएको निमिक्त प्रवक्ता खड्काले जानकारी दिए ।
उनका अनुसार सोही क्रममा सोधपुछ गर्दा स्रोत खुलाउन नसकेपछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गैह्रापाटन पठाएको थियो । अहिले विकमाथी चोरी कसुरमा मुद्धा दर्ता गरि थप अनुसन्धान भइरहेको छ ।
विकको साथबाट ३ लाख ६२ हजार ३ सय ८० रुपैयाँ बरामत गरेपनि चुलो सेवा प्रालिका संचालक सन्त बहादुर लामिछानेले भने उक्त काउण्टरमा ७ लाख २५ हजार ३ सय ५० र भारु ९ हजार रहेको प्रहरीलाई जानकारी दिएका थिए । सो बारे पनि अनुसन्धान हुने कास्की प्रहरीले जनाएको छ ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...