तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु
तनहुँ | भदौ २१, २०८०

तनहुँ: तनहुँको म्याग्दे गाउँपालिका–५ थाङदीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक महिलाको मृत्यु भएको छ । खैरेनीटारबाट भिमाद जाँदैगरेको ग १६ प ५९६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा पछाडि सवार तनहुँ भिमाद नगरपालिका–४ नरीकोट बस्ने वर्ष ३३ की कमला रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते भएकी रानाको तत्काल उद्धार गरी उपचारका लागि शुक्लाण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपि कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए ।
मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २७ को योगेश थापा र उक्त नम्बरको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
गुल्मी: बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो जाँदा कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से भन्ने स्थानमा...
झापा: झापामा एक व्यक्तिको हत्या भएको छ । मेचीनगर–७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको बुधबार राति हत्या गरेका हुन् । प्रहरी नायव उपरीक्षक खड्काका अनुसार...
काठमाडौं: जेनजी समूह र नेपाली सेनाबिच आज वार्ता हुने भएको छ । बुधबार जेनजी समूहको नेतृत्व गरेर वार्तामा बस्ने विषयमा विवाद हुँदा औपचारिक छलफल हुन सकेको थिएन । नेपाली सेनाले आन्तरिक सहमत...