तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

तनहुँ | भदौ २१, २०८०

तनहुँमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

तनहुँ:    तनहुँको म्याग्दे गाउँपालिका–५ थाङदीमा मोटरसाइकल दुर्घटनामा हुँदा एक महिलाको मृत्यु भएको छ । खैरेनीटारबाट भिमाद जाँदैगरेको ग १६ प ५९६८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।


मोटरसाइकलमा पछाडि सवार तनहुँ भिमाद नगरपालिका–४ नरीकोट बस्ने वर्ष ३३ की कमला रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । 


दुर्घटनामा गम्भीर घाइते भएकी रानाको तत्काल उद्धार गरी उपचारका लागि शुक्लाण्डकी नगरपालिकाको बेलचौतारास्थित जिपि कोइराला श्वास प्रश्वास केन्द्र बेलचौतारा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको उनले जानकारी दिए । 


मोटरसाइकल चालक सोही ठाउँ बस्ने वर्ष २७ को योगेश थापा र उक्त नम्बरको मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । 

पोखरा -   नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ ।    नेपाल पत्रकार महासंघ, कास्कीले बु...

थप पढ्नुहोस्

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्