५० बढी समूहले लिए कास्की प्रशासनबाट तीज कार्यक्रमको अनुमति
पाेखरा | भदौ २२, २०८०
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले हरितालिका तीजसँगै विभिन्न कार्यक्रम जात्रा सञ्चालनका लागि ५० भन्दा बढीले प्रशासनको अनुमति लिएको जनाएको छ ।
कास्की प्रशासनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै भदौ ५ गते प्रशासनको अनुमति विना सार्वजनिक स्थल, पार्टी प्यालेसमा रकम संकलन गर्ने उद्धेश्यले मेला महोत्सव आयोजना नगर्न सूचना प्रकाशित गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले कास्कीमा विभिन्न कार्यक्रमका लागि ५० भन्दा बढी समूहले प्रशासनको अनुमति लिएको जानकारी दिए ।
‘हामीले तीज पर्वलाई मात्र होइन, दशै तिहार लगायतका चाडपर्वमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै सूचना प्रकाशित गछौं’, ढकालले भने, ‘प्रशासनले शान्ति सुरक्षालाई कायम गर्दै सूचना प्रकाशित भएपनि सूचनामा गलत बुझाइ रहेको पाइयो ।’
उनले हरितालिका तीज मनाउने नाममा खर्चिला कार्यक्रम गर्ने र विकृति र सामाजिक अपराधलाई प्रोत्साहन गरेको देखिएकाले संस्कृतिको संरक्षणलाई जोड दिन सूचना प्रकाशित गरेको दोहोर्याए ।
‘शान्ति सुरक्षा दिनुको प्रशासनको कर्तव्य हो, कुनैपनि चाडपर्व मनाउने नाममा तडक भडकसहितका खर्चिला कार्यक्रम नगरी संस्कृतिको संरक्षण होस भन्ने हो’, उनले भने, ‘खर्चिला कार्यक्रमले विकृति र सामाजिक अपराधलाई प्रोत्साहन गरेको देखिएकाले संस्कृतिको संरक्षणलाई जोड दिन प्रशासनको अनुमति लिएर कार्यक्रम गर्न सूचना प्रकाशित गरेका हौ ।’
कास्की प्रशासनले अनुमति नलिएका अन्य समूहलाई पनि जानकारी दिन र अनुमति लिन आग्रह गरेको छ ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

