जिल्ला प्रशासन कार्यालय गोरखामा अब विद्युतीय गुनासो पेटिका
काठमाडाैं | भदौ २२, २०८०
गोरखा: जिल्ला प्रशासन कार्यालय गोरखाले विद्युतीय गुनासो पेटिकाको शुरुवात गरेको छ ।
२० औँ निजामती सेवा दिवसको अवसर पारेर आज शुक्रवारदेखि विद्युतीय गुनासो पेटिकाको शुरुवात गरेको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले बताउनुभयो । गुनासो पेटिकाको शुरुवातले सूचना प्रविधिको विकाससँगै ई–गभर्नेन्सु को माध्यमबाट सार्वजनिक सेवा प्रवाहलाई जनमैत्री, उत्तरदायी, चुस्त र पारदर्शी बनाउन सहयोग पुग्ने उहाँको विश्वास छ ।
जिल्ला प्रशासन कार्यालयले वेबसाइट, इमेल, फेसबुक, ट्विटर जस्ता विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत यसअघि नै सेवाग्राहीको सुझाव र गुनासाबारे जानकारी लिँदै आएको थियो । यसका साथै विद्युतीय गुनासो पेटिकाले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन, सेवाग्राही तथा सरोकारवालाहरूलाई आफ्ना उजुरी तथा गुनासो राख्न सहज हुने प्रशासन कार्यालयको विश्वास छ ।
गुनासो पेटिकामा जिल्ला प्रशासन कार्यालयसहित जिल्लाका अन्य सरकारी तथा अर्धसरकारी निकायहरूबाट प्रदान हुने सेवा, विकास निर्माण, सार्वजनिक सम्पत्तिको अतिक्रमण वा सुशासनको सन्दर्भमा गुनासो, उजुरी तथा सकारात्मक सुझावहरू राख्न सकिने प्रमुख जिल्ला अधिकारी भुसालले जानकारी दिनुभयो । क्यूआर कोड स्क्यान गरेपछि प्राप्त हुने गुगल फर्ममा गुनासो तथा सुझाव लेखेर पठाउन सकिने गरी विद्युतीय गुनासो पेटिकाको व्यवस्था गरिएको हो ।
कार्यालयको वेबसाइट तथा फेसबुक पेजमा सार्वजनिक गरिएको क्यूआर कोड स्क्यान गरी उजुरी वा गुनासो व्यक्त गर्न सकिने छ । यो पेटिका सहितका सामाजिक सञ्जाल र टेलिफोनबाट प्राप्त हुने गुनासोको दैनिक रुपमा सम्बोधन गरिने प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

