कांग्रेसले स्थगित गर्यो बिपी साहित्य महोत्सव
काठमाडाैं | भदौ २६, २०८०
काठमाडौं: नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव स्थगित गरेको छ । आइतबारदेखि केन्द्रीय कार्यालय सानेपामा भइरहेको बिपी साहित्य महोत्सव स्थगित भएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिपी साहित्य महोत्सवका आज (मङ्गलबार)का सबै कार्यक्रम स्थगित गरिएको जानकारी दिनुभयो ।
संविधानसभाका तत्कालीन अध्यक्षसमेत रहनुभएको नेकपा (एमाले)का नेता, प्रतिनिधिसभा सांसद सुवास नेम्वाङको सोमबार राति निधन भएको थियो । नेम्वाङको निधनको शोकमा बिपी साहित्य महोत्सवका आजका कार्यक्रम स्थगित गरिएको हो ।
बिपी साहित्य महोत्सव भदौ २४ गतेदेखि भदौ २६ गतेसम्म निर्धारण गरिएको थियो ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

