कांग्रेसले सबैको पहिचानलाई सम्मान गर्छ: महामन्त्री थापा

२०८२ सालमा महाधिवेशन गछौं

पाेखरा | भदौ २७, २०८०

कांग्रेसले सबैको पहिचानलाई सम्मान गर्छ: महामन्त्री थापा

पोखरा:   नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री एवम् पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसले सबै जातिको पहिचानलाई सम्मान गर्ने बताएका छन् । 


नेपाली कांग्रेस पोखरा महानगरपालिकाको दोस्रो महानगर सम्मेलनको उद्घाटनपछि बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । 


‘नेपाली समाज बहुजातिय, बहुभाषिक, धार्मिक र सांस्कृतिक रुपमा विविधता छ, यसभित्र सबैको आ–आफ्नो पहिचान छ, सबैलाई कांग्रेसले सम्मान गर्दै आएको छ’, महामन्त्री थापाले भने, ‘नेपाली समाजमा रहेका सबै जातजातिको संस्कृति र पहिचान छ,सबैको पहिचानलाई सम्मान गर्नुपर्छ ।’


महामन्त्री थापाले महिलालाई सम्मान नगर्ने र छुवाछुत गर्ने धार्मिक हुन नसक्ने बताए ।‘मैले मान्ने भगवानले विभेद र छुवाछुत गर्दैन, त्यो सबै मानवनिर्मित हुन्’, उनले भने, ‘धर्मको सबैभन्दा ठुलो पक्ष दया,माया, करुणा र सत्भाव हो, कोही मान्छै धार्मिक हुन्छ भने त्यसमा दया, माया, करुणा र सत्भाव हुन पर्छ ।’


उनले पोखरा महानगरपालिकामा मेयर गठबन्धनबाट विजयी भएकाले राम्रो काम गरे साथ दिने नभए साथ छोड्न समेत सक्ने बताए । 


‘२०७९ को स्थानीय निर्वाचनमा पोखरा महानगरको मेयरमा गठबन्धनका मेयर निर्वाचित हुनभयो, पोखरामा बढी वडाध्यक्ष कांग्रेसले जित्यो’, उनले भने, ‘पोखराका मेयरले राम्रो काम गर्छन् साथ दिने हो, नभए गठबन्धनको भारी बोक्न आवश्यकता छैन ।’


उनले फरक प्रसङ्गमा नेपाली कांग्रेसले २०८२ सालभित्र नै महाधिवेशन गर्ने प्रतिवद्धता समेत जनाए ।‘नेपाली कांग्रेसमा अहिले क्रियाशिल सदस्यता करिव ८ लाख, अधिवेशन पूर्व थप क्रियाशिलताको आवेदन खुलाउछौं’, उनले भने, ‘२०८१ सालभर क्रियाशिल सदस्यता थप नविकरण हुन्छ, ०८३ सालमा क्रियाशिल सदस्यता नविकरण र सदस्यता थप गर्दनौ ।’


२०८४ को निर्वाचनका लागि उम्मेदवार बन्न काठमाडौंको ढोका नभएर जनताको सेवामा अहिले नै लाग्न समेत महामन्त्री थापाले उद्घोष गरे । ‘०८२ सालमा नै महाधिवेशन गछौ, ०८३ मा वडा तहबाट नै सम्मेलन गछौं, सम्मेलनबाट जो–जसको नाम आउँछ त्यही नै उम्मेदवार बन्न पाउँछ’, उनले भने, ‘जनताको सेवा गर्नेलाई उम्मेदवार बनाउने हो, नेताको ढोका चाहार्नेलाई होइन ।’


उनले प्रजातन्त्र नै धरापमा परेकाले अब गठबन्धनको माध्यमबाट चुनावी प्रक्रियामा नजाने समेत दाबी गरे ।


‘गठबन्धनले प्रजातन्त्र धरापमा परेको छ, प्रदेशदेखि केन्द्रमा भागबन्दाको समस्या देखियो’, थापाले भने, ‘प्रजातन्त्रमा कसैले प्रश्न उठाइरहेकाले अब गठबन्धनबाट चुनाव लड्दैनौ ।’


 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्