पहिरोका कारण मकवानपुरको सिस्नेबारी सडकखण्ड अवरुद्ध
मकवानपुर | असार ६, २०७९
सांकेतिक तस्बिर
मकवानपुर : गएरातिको वर्षासँगै खसेको पहिरोले मकवानपुरको सिस्नेरी सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्ड अवरुद्ध भएसँगै यातायात सञ्चालन बन्द भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।
हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ जाने छोटो दुरीको बाटो बन्द भएको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङस्थित गएराति वर्षासँगै पहिरो खसेको हो । आज बिहानदेखि उक्त पहिरो स्थानीय सरकार र सडक विभागबाट हटाउने कार्य भइरहेको सो इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिनुभयो ।
हेटौँडा–भीमफेदी हुँदै काठमाडौँ चल्ने सवारीसाधन अन्य बाटो भएर जाने व्यवस्था मिलाईएको छ । गत मङ्गलबार खसेको पहिराले उक्त सडकखण्ड आइतबार मात्र सञ्चालनमा आएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

