विशेष टास्कमा मात्रै खटिनेछन् कास्कीमा घुमुवा प्रहरी

पाेखरा | भदौ २९, २०८०

विशेष टास्कमा मात्रै खटिनेछन् कास्कीमा घुमुवा प्रहरी

कास्की:   जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्यालयबाट कुनै पनि प्रहरीलाई सादा पोशाक (घुमुवा) कै जिम्मेवारी नदिने भएको छ ।

 

कास्की प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्न आइपुगेका प्रहरी उपरीक्षक मोहनकुमार थापाले केन्द्रकै निर्देशन अनुसार स्थायी रुपमै घुमुवाको (सिआइडी) जिम्मेवारी नदिने बताए । 

 

‘प्रहरी परिचालन कार्य निर्देशनमा पनि व्यवस्था छ । हामीले कुनै पनि कर्मचारीलाई पहिले जस्तो घुमुवा प्रहरीकै जिम्मेवारी तोक्दैनौ, एसपी थापाले सुनगाभा न्यूजसँग भने, ‘तर स्पेसल टास्क र इन्भेष्टिगेसनका लागि भने अनुभवी कर्मचारीलाई जिम्मेवारी दिनेछौं ।’

 

उनले केन्द्रीय निर्देशन अनुसार पद र सँगठनको दुरुपयोग हुनबाट रोक्नका लागि उक्त कार्यले सघाउ पुग्ने बताए ।  ‘यो कार्यले पद र सँगठनको प्रतिष्ठामा आँच आउनबाट रोक्न सघाउ पुग्नेछ,’ उनले भने ।

 

उनका अनुसार यसअघि जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, डाडाँकोनाक, वडा प्रहरी कार्यालय बैदाम, वडा प्रहरी कार्यालय बगर र वडा प्रहरी कार्यालय रामबजारबाट गरी करिब २० जना प्रहरी सादा पोशाकमा खटिदै आएका थिए । 

 

पोखरा महानगरपालिका १ कस्केरीस्थित सेती नदीकिनारमा लागुऔषध कारोबारीलाई पक्राउ गर्न जादाँ सादा पोशाकका प्रहरीलाई देखेपछि नदीमा हाम फालेर सन्तोष तामाङ बेपत्ता भएपछि दुई घुमुवा प्रहरीलाई जिम्मेवारीबाट हटाइएको थियो । 

 

अब कुनै निश्चित अनुसन्धान र विशेष घटनाको सूचना संकलनका लागि मात्रै आवश्यकतानुसार सादा पोशाकमा प्रहरी कर्मचारी खटिने कास्की प्रहरीले जनाएको छ ।


 

पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा ललितपुर क्विन्सले लगातार तेस्रो जित दर्ता गरेको छ ।  पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा लुम्बिनी ला...

थप पढ्नुहोस्

पोखराः   ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा सोमबार (भदौ २३) पोखरामा प्रहरीले चारजनामाथि गोली प्रहार गरेको छ ।  घाइतेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल)मा...

थप पढ्नुहोस्

काठमाडौं:  काठमाडौं उपत्यकामा आज ‘जेनजी’को प्रदर्शनका क्रममा घाइते भई विभिन्न अस्पतालमा उपचाररत १४ प्रदर्शनकारीको मृत्यु भएको छ ।   यसैगरी, विभिन्न अस्पतालमा १०० जनाभन्दा बढी घाइते प्र...

थप पढ्नुहोस्