स्वागत टोल बिकास संस्थाको अध्यक्षमा देवी बहादुर केसी
पाेखरा | असोज १, २०८०
पोखरा: स्वागत टोल बिकास संस्थाको अध्यक्षमा पुनः देवी बहादुर केसी निर्वाचित भएका छन । पोखरा १४ चाउथेमा रहेको स्वागत टोल बिकास संस्थाको छैठौ साधारणसभा तथा तेश्रो अधिवेशनबाट सर्वसम्मत रुपमा देवी बहादुर केसी अध्यक्षमा निर्वाचित भएका हुन ।
संस्थाको उपाध्यक्षमा सुवेदार मेजर देव बहादुर राना, सचिवमा क्याप्टेन कृष्ण थापा, कोषाध्यक्षमा सूर्य बहादुर थापा र सह सचिवमा संगीता पौडेल अधिकारी निर्वाचित भएका छन । त्यसैगरी कार्यसमिति सदस्यहरुमा भरत लामिछाने, सुवेदार मेजर नन्द बहादुर घले, योगेन्द्र पूर्जा, ममता श्रेष्ठ, माया बराल क्षेत्री र दीपा छिमाल निर्वाचित भएका छन ।
साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर १४ का अध्यक्ष बोधराज कार्कीले स्वागत टोल बिकास संस्था वडा नम्बर १४ को नमुना संस्था रहेको बताए । स्वागत टोल बिकास संस्थाले वडामै उत्कृष्ट काम गरेको बताउदै संस्था आफैले आफ्नो क्षेत्रमा सडक निर्माण, खानेपानीको पाइप बिस्तार तथा सुरक्षालाई मध्यनजर गरी सिसिटिभी क्यामेरा जडान गरी वडाले गर्नुपर्ने काम टोल बिकास संस्था स्वयं आफैले गरेकोमा आभार प्रकट गरे । आगामी दिनमा संस्थामा रहेका महिला दिदीबहिनीहरुलाई लक्षित गरी ब्यवशायीक सीपमुलक तालिमहरु प्रदान गर्न आफु अग्रसर भएर लाग्ने समेत कार्कीले बताए ।
त्यस्तै वडा सदस्य कृष्णहरि काफ्लेले वडामा उत्कृष्ट संस्था स्वागत टोल बिकास संस्था भएको वताउदै टोलभित्रका बिकास निर्माणका गतिविधीमा आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै महिला नेतृ माया बराल क्षेत्रीले स्वागत टोल बिकास संस्थामा रहेको महिला दिदीबहिनीहरुलाई नेतृत्व बिकासका लागी वडाले तालिमहरु प्रदान गर्न आवश्यक रहेको बताइन । पत्रकार एमबी आस्था मगरले स्वागत टोल बिकास संस्थाले महानगरले गर्नुपर्ने काम आफै गरेको वताउदै अन्या संघ संस्थाहरुले पनि स्वागत टोल बिकासको अनुसरण गर्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष देवी बहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव क्याप्टेन कृष्ण बहाुदर थापा र कोषाध्यक्ष मन्जु गुरुङ्गले सचिव र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाका सह सचिव संगीता पौडेल अधिकारीले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सचिव क्याप्टेन कृष्ण बहादुर थापाले स्वागत मन्तब्य राखेका थिएभने किड्स होम मन्टेश्वरीका प्रिन्सिपल सुर्जु थापा, रुपक थनेत, थान बहादुर खड्का लगायतले मन्तब्य राखेका थिए । सो अवसरमा विभिन्न ब्याक्तिहरुलाई सम्मान समेत गरिएको थियो भने नेपाली नारीहरुको महान चाड तीजको अवसर पारी दिदीबहिनीहरुले नाचगान समेत गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

