६९ लागे पागल बस्तीका सरुभक्त, ल्याउँदैछन् ‘विज्ञानका कथा’हरु
पाेखरा | असोज २, २०८०

नेपाली साहित्यमा पोखराबाट सशक्त पहिचान बनाएका सरुभक्त (भक्तबहादुर श्रेष्ठ) सोमबारदेखि ६९ वर्ष लागेका छन् ।
साहित्यमा मुलतः कथा, उपन्यास र नाटक विधामा कलम चलाउने सरुभक्तको चर्चित उपन्यास ‘पागल बस्ती’ले ०४८ सालमा मदन पुरस्कार जितेपछि उनी र उनको लेखनीको प्रसिद्धि चुलिएको हो ।
झण्डै ७ दशकको जीवन यात्रामा झनै सक्रिय रहेका सरुभक्तले छिट्टै ‘सरुभक्तका विज्ञान कथा’ नामक कृति आउन लागेको बताएका छन् । जसमा विज्ञानका कथा संग्रह रहने उनले बताए ।
आगामी पुसभित्र प्रकाशित भई बजारमा आउने कथालाई फाइन प्रिन्टले प्रकाशन गर्नेछ ।
त्यस्तै, आफ्ना मुक्तकका उत्कृष्ट संग्रहसमेत प्रकाशोन्मुख रहेको र त्यसलाई नेपाल साहित्य समाज, बेलायतले प्रकाशनको जिम्मेवारी लिएको सरुभक्त बताउँछन् ।
उमेरसँगै काम पनि बढेको बताउँदै उनले बालबालिका लक्षित कथा, कविता, नाटकलगायतका रचना गरिरहेको जनाएका छन् ।
सरुभक्तका करिब ५ दर्जन रचनामध्ये ‘पागल बस्ती, ‘तरुनी खेती’, ‘समय त्रासदी’ र ‘चुली’ सर्वाधिक रुचाइएका उपन्यास हुन् । त्यस्तै, ‘सिरुमारानी’ चर्चित नाटक संग्रह हो ।
उनै सरुभक्तलाई जन्मदिनको शुभकामना !
बाँके: बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका–५ गोरधुईस्थित राप्ती नदिमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ । गाईवस्तु चराउन गएका उनीहरु राप्ती नदिमा एक्कासी आएको बाढीका कारण नदिको बिच ट...
मुस्ताङ: उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ । लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत ...
पोखरा: पोखराका पत्रकार रुद्र श्रीस मगरलाई राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८२ अर्पण गरिने भएको छ । नेपाल मगर पत्रकार संघका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय मौलिक कौराहा ...