आधारभूत तालिमबाट २ हजार ४ सय ११ प्रहरी जवान दीक्षित
गण्डकीबाट २ सय ७७ जना
काठमाडाैं | असोज ७, २०८०
काठमाडौं: विभिन्न प्रदेश प्रहरी तालिम केन्द्र तथा गणहरूमा २०७९ कात्तिक २० गतेदेखि संचालित प्रहरी जवान आधारभूत तालिमबाट कुल २ हजार ४ सय ११ जना प्रहरी जवान दीदक्षित भएका छन् ।
ती मध्ये ४ सय ६७ जना महिला र १ हजार ९ सय ४४ जना पुरूष रहेका छन् ।
कुन केन्द्रबाट कति ?
नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालबाट १ सय १ जना, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंजबाट १ सय ३ जना, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासीबाट १ सय ८९ जना, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट २ सय ९५ जना प्रशिक्षार्थीहरु दीक्षित भएका छन् ।
यस्तै मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर राजविराजबाट २ सय ८३ जना, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीबाट २ सय ८० जना, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रबाट २ सय ७७ जना, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट २ सय ८७ जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।
यस्तै कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)बाट ३ सय जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट १ सय ९६ जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र (प्रहरी प्रशिक्षण स्थल बुडर, डोटी) बाट १ सय जना प्रशिक्षार्थीहरू दीक्षित भएका छन् ।
दीक्षान्त समारोहका प्रमुख अतिथिहरूले आ–आफ्नो दीक्षान्त समारोहमा प्रहरी जवान आधारभूत तालिम सफलतापूर्वक सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई बधाई तथा सफलताको कामना व्यक्त गर्दै आवश्यक निर्देशनसमेत दिएका थिए ।
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...
काठमाडौं: राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ। आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार पुस २ गते बधुबार सातै वटा प्र...

