‘हेमजा गोल्डकप’:  सेमीमा खुमलटार र आयोजक भिड्ने

कास्की | असार ६, २०७९

‘हेमजा गोल्डकप’:  सेमीमा खुमलटार र आयोजक भिड्ने

पोखरा:  पोखरामा जारी छैटौं शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा आयोजक क्लब र खुमलटार क्लब भिड्ने भएको छ ।

 

पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानमा आज भएको खेलमा बागमती युथ क्लबलाई २–० गोल अन्तरले हराउँदै खुमलटारले सेमिफाइनलमा आयोजकसँगको भेट पक्का गरेको हो ।

 

यसअघि आयोजक टिम हेमजा युनाइटेड उद्घाटन खेलमा वीरगञ्ज युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरिसकेको छ ।

 

खुमलटारको जीतमा खेलको दोस्रो र २८ औं मिनेटमा नै आशिष श्रेष्ठले गोल गरे । 

 

पहिलो हाफमै २ गोलको अग्रता लिएपछि बागमती क्लबलाई केही दबाब रहेको थियो । तर खेलमा फर्कन नसक्दा बागमती क्लबले हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरियो ।

 

अब खुमलटारले सेमिफाइनलमा हेमजा युनाइटेडसँग आगामी ८ गते भिड्ने क्लबका सचिब सुनिल गायकले जानकारी दिए । उनका अनुसार फाइनल ११ गते शनिबार सम्पन्न हुनेछ ।

 

बागमती राम्रो टिम हो: प्रशिक्षक गुरुङ 
 

खुमलटारका प्रशिक्षक विष्णु गुरुङले विपक्षी टोलीको प्रशंसा गर्दै टिम निकै राम्रो भएको प्रतिक्रिया दिए ।

 

उनले आफुहरुले पाएको अवसरको सदुपयोग गर्दा जित हासिल गरेको सुनाए ।

‘बाममती नराम्रो टिम होइन् । हामीले सुरुवातमै नतिजा निकाल्दा डिफेन्सलाई ध्यान दियौँ । उ अर्गनाइज टिम हो । पहिलो हाफमा नै हामीले २ को स्कोर निकालेपछि काउन्टरको खोजिमा रह्यौँ’ उनले भने ,‘हामी हाम्रो योजना अनुसार नै खेल्यौ दोस्रो हाफमा हामीलाई दबाब धेरै भयो । अब सेमिफाइनल खेलमा हामी त्यसलाई सुधार गरेर लैजान्छौँ ।’ 

 

जितका लागि नतिजा चाहिन्छ: प्रशिक्षक केसी 

बागमतीका प्रशिक्षक रोजित केसीले जितका लागि नतिजा नै महत्वपूर्ण रहेको प्रतिक्रिया दिए । उनले आफुहरुको ५ जना नियमित खेलाडीको अभाव टिममा खडकिएको बताए । खेल प्रदर्शनबाट आफु निकै सन्तुष्टि रहेको बताए । 

 

उनले मोफसलले गर्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताले खेलाडीहरुलाई राहत मिलदै आएको समेत बताए । हेम्जाको आयोेजनामा पहिलो पटक भएको गोल्डकपमा सहभागिता जनाउन पाउँदा निकै खुसी लागेको उनले सुनाए । 

मोफसलले ठुलो लगानीको फुटबल प्रतियोगिता गर्दै आइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहयोग नगरेको गुनासो समेत पोखेँ । ‘हामीले पनि मोफसलमा प्रतियोगिता गर्दै आइरहेका छौँ । तर, एन्फाले कहिल्यै पनि सहयोग गरेन् । यो एक ठाउँको मात्रै होइन् देशभरको मोफसलको समस्या हो’ उनले भने ।


 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्