दशैँ, तिहारमा हुने कालोबजारी रोक्न बजार अनुगमन हुन्छ : मन्त्री रिजाल
काठमाडाैं | असोज ९, २०८०
काठमाण्डौ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले दशैँ र तिहारमा बजारमा हुने कृत्रिम अभाव र कालोबजारी रोक्न निरन्तर बजार अनुगमन गर्ने बताउनुभएको छ ।
आज मङ्गलवार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औँ वार्षिक साधारणसभामा मन्त्री रिजालले यस्तो बताउनुभएको हो । उहाँले सरकारको तर्फबाट यस अवस्थामा ग्यास आपूर्तिको शृङ्खलालाई टुट्न नदिने र निरन्तर बजार अनुगमन गर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘आउँदै गरेको दशैँ र तिहारमा अन्य उपभोग्य वस्तुका साथै एलपी ग्यासको पनि बजारमा माग बढ्न जान्छ । यस्तो समयमा बजारमा कृत्रिम अभाव र कालाबजारीको पनि सम्भावना रहन्छ । सरकारको तर्फबाट यस अवस्थामा ग्यास आपूर्तिको शृङ्खलालाई टुट्न दिने छैन र निरन्तर बजार अनुगमन गरिनेछ ।’
मन्त्री रिजालले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जनको लक्ष्य हासिल गर्न खनिज, ऊर्जालाई स्वच्छ एवम् नवीकरणीय ऊर्जाले विस्थापित गर्ने नीति लिएको पनि उल्लेख गर्नुभयो । उहाँले जीवाश्म इन्धनको प्रयोगलाई बिस्तारै घटाउँदै जानुपर्ने अवस्था आइसकेको बताउनुभयो । देशभित्र नवीकरणीय र हरित ऊर्जाको पर्याप्त उत्पादन भइनसकेको अवस्थामा एलपी ग्यास लगायत अन्य पेट्रोलियम पदार्थको आयातलाई तत्काल निषेध वा निरुत्साहित गर्न नसकिने उहाँको भनाइ छ ।
रिजालले व्यावसायिक निष्ठा कायम राख्दै ग्यास उद्योगलाई मर्यादित, व्यवस्थित र सुरक्षित उद्योगको रूपमा विकास गर्न आग्रह गर्नुभयो । सरकारले तोकेको सबैखाले मापदण्ड पूरा गर्न पनि उहाँको आग्रह छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

