पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप हवाई उडान लागि नेपाल–चीनले सयुक्त पहल गर्ने
काठमाडाैं | असोज ९, २०८०
पोखरा: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणमा भएका सहमति र समझदारीबारे दुई देशले १३ बुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।
आज बिहान सार्वजनिक संयुक्त वक्तव्यमा रेलमार्गको संभाव्यता अध्ययनदेखि विद्युत प्रशारण लाइन निर्माण, नाका खोल्नेलगायत विषय समेटिएका छन् । वक्तव्यमा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा थप हवाई उडान तथा रुटका लागि दुवै देशले प्रोत्साहन र पहल गर्ने बताइएको छ ।
चीनको सिजाङ स्वायत्त क्षेत्रबाट नेपालका उत्तरी दुर्गम गाउँहरुमा विद्युतीकरणका लागि नेपाली पक्षले गरेको आग्रह स्वीकार गर्दै व्यवसायिक शर्तमा उपकरण वा प्रविधि उपलब्ध गराउन चीन सकारात्मक भएको छ ।
भ्रमणका क्रममा केरुङ–रसुवागढी–चिलिमे २२० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण छिटो सुरु गर्ने सहमति दुई देशबीच भएको छ । दुवै पक्ष जिलोङ-केरुङ–काठमाडौं क्रस बोर्डर रेलमार्गको सम्भाव्यता अध्ययनको प्रगतिप्रति सन्तुष्टि व्यक्त गर्दै चीन नेपाल रेल्वे सहयोगसम्बन्धी आठौं कार्यबैठक यथाशीघ्र आयोजना गर्ने सहमत भएका छन् ।
नेपालका रेल्वे कर्मचारीलाई तालिम दिन सहयोग गर्न पनि चीन तयार भएको छ । टोखा–छहरे सुरुङमार्ग आयोजनाको सम्भाव्यता अध्ययन र काठमाडौं चक्रपथ आयोजनाको दोस्रो चरणको कामलाई तीब्रता दिन दुवै पक्ष सहमत भएको संयुक्त वक्तव्यमा उल्लेख छ । सन् २०१७ मे १२ मा बिआराइ परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएको स्वीकार्दै दुवै पक्षले परामर्शलाई तिब्रता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
चिनले यसअघि बन्द रहेका दुई देशबीचका नाकाहरु खोल्न पनि सहमति जनाएको छ । नेपालले एक चीन नीतीप्रति आफ्नो दृढ प्रतिवद्धता दोहोर्याउँदै ताइवानको स्वतन्त्रताको विरुद्धमा रहेको प्रष्ट पारेको छ । हिजो चिनियाँ समकक्षी लि छियाङसँग दुईपक्षीय भेटपछि विभिन्न सम्झौता भएपछि संयुक्त वक्तव्य आज बिहान मात्रै सार्वजनिक भएको हो ।
पोखरा । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ । पोखराको महेन्द्रपुलमा आज एक विशेष का...
पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ । फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...
चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ । कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

