दुबईमा दशैं कप फुटबल प्रतियोगिता हुने

पाेखरा | असोज ११, २०८०

दुबईमा दशैं कप फुटबल प्रतियोगिता हुने

पोखरा:  दुबईमा क्रियासिल युथ स्पोर्टिङ एफसीले बडादशैंको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

आगामी अक्टोबरमा ‘पिआर तेस्रो दशैं कप’ आयोजना गर्न लागिएको श्री रोबिनले जानकारी दिए । उनका अनुसार तीन हप्तासम्म चल्ने प्रतियोगिता ग्रीनफिल्ड इन्टरनेशनल डिपमा आयोजना हुनेछ ।

 

आयोजक संस्थाकाा रोबिनले पहिलो हप्ता ए पोल, दोस्रो हप्ता बि पोल र तेस्रो साता सेमिफाइनलसँगै फाइनल खेल सम्पन्न गर्ने बताए । 

 

सो प्रतियोगिताको विजेताले ४ हजार ५ सय दिराम र उपविजेताले ३ हजार दिरामसहित शिल्ड प्राप्त गर्नेछ । 

 

पिआर इन्टरप्राइजेजको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमलाई सहभागिता गराइने छ । सो प्रतियोगिता सम्पन्न गर्नका लागि बिकी इन्टरनेशनल, हातेमालो प्रदेश सहकारी लगायत अन्य विभिन्न व्यक्ति तथा संघ संस्थाले साथ दिएका छन् ।
 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्