दुबईमा दशैं कप फुटबल प्रतियोगिता हुने
पाेखरा | असोज ११, २०८०
पोखरा: दुबईमा क्रियासिल युथ स्पोर्टिङ एफसीले बडादशैंको अवसरमा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आगामी अक्टोबरमा ‘पिआर तेस्रो दशैं कप’ आयोजना गर्न लागिएको श्री रोबिनले जानकारी दिए । उनका अनुसार तीन हप्तासम्म चल्ने प्रतियोगिता ग्रीनफिल्ड इन्टरनेशनल डिपमा आयोजना हुनेछ ।
आयोजक संस्थाकाा रोबिनले पहिलो हप्ता ए पोल, दोस्रो हप्ता बि पोल र तेस्रो साता सेमिफाइनलसँगै फाइनल खेल सम्पन्न गर्ने बताए ।
सो प्रतियोगिताको विजेताले ४ हजार ५ सय दिराम र उपविजेताले ३ हजार दिरामसहित शिल्ड प्राप्त गर्नेछ ।
पिआर इन्टरप्राइजेजको मुख्य प्रायोजनमा हुने प्रतियोगितामा १६ टिमलाई सहभागिता गराइने छ । सो प्रतियोगिता सम्पन्न गर्नका लागि बिकी इन्टरनेशनल, हातेमालो प्रदेश सहकारी लगायत अन्य विभिन्न व्यक्ति तथा संघ संस्थाले साथ दिएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

