परदेशी–२ दशैंको छेको पारेर प्रदर्शन हुने, बागलुङमा भाेलि पहिलो प्रिमियर शाे
पाेखरा | असोज ११, २०८०
पोखरा: वरिष्ठ लोक तथा दोहोरी गायक नारायण रायमाझी निर्देशित परदेशी–२ प्रमोसनका लागि देशदौडाहामा छ ।
चितवन –नेपालगञ्ज–बुटवल हुँदै पोखरा आइपुगेको परदेशी–२ को निर्माण टोलीले दशैंको छेको पारेर असोज २६ गतेबाट प्रदर्शन हुने जानकारी दिएको छ ।
निर्देशक रायमाझीले प्रकाश सपुतको गृह जिल्लामा भोलि (शुक्रबार) पहिलो प्रिमियर शो हुने बताए ।
उनले उच्च शिक्षाका लागि विदेशीने क्रम बढ्दो कथालाई चलचित्रको मुख्य भागमा राखिएको बताए । फिल्ममा कक्षा ११/१२ उत्तिर्ण गरेपछि देश छोड्ने परिपाटी बढ्दो छ’, उनले भने, ‘उच्च शिक्षाका लागि विद्यार्थीहरु किन विदेश जान्छन् भन्ने विषय फिल्ममा देखाउन खोजिएको छ ।’
लोकप्रिय गायक प्रकाश सपुत परदेशी–२ बाट फिल्मीमा डेब्यु गरेका हुन् । उनले हिरो भन्ने सपना पुरा भएपनि आगामी दिनमा चलचित्रलाई नै मुख्य पेशा बनाउने सोच नरहेको तर्क राखे ।
‘परदेशी–२ मा म नै नायक हुन्छु भन्ने लागेको थिएन, हिरो बन्ने सपना आफ्नै म्युजिक भिडियोमा बोलेको थिए’, सपुतले भने, ‘रायमाझी सरले एक्कासी फोन गर्नुभयो, मैले सोचे कुनै गीत अथवा रोल होला भनेको तर प्रमुख पात्र नै भनेर सोचेको थिएन ।’
उनले फिल्ममा गाउँदेखि शहरसम्मको कथा समिटिएको बताए ।‘गाउँ हे¥यो गाउँ खाली छ, शहर आयो शहर खाली छ, हेर्दा हेर्दै देशबाट नै युवाहरु खाली हुँदै छन्’, उनले भने, ‘गाउँदेखि शहर, शहरदेखि देशको कथा परदेशी–२ ले समेटेको छ ।’
आफुमा हिरो बन्ने हुटहुटी भएका कारण नै चलचित्रमा आएको सपुतको भनाई छ ।‘हिरो बन्ने सपनासहित हुटहुटीमा मनैमा राखेको थिए, जुन आज आएर पूरा भएको छ’, उनले भने, ‘सपना र हुटहुटी भएकै कारण ठुलो पर्दामा देखिदै छु ।’
परदेशी–२ की नायिका केकी अधिकारीले विविध कारणले परदेशीका नेपालीहरुको कथा फिल्ममा प्रस्तुत हुने बताईन् । यो उनको ३३ औं चलचित्र हो ।
‘यो फिल्मीसँगै मैले ३३ औं फिल्मीमा अभिनय पूरा गरे, सबैमा आफ्नो बेस्ट दिएकी छु’, नायिका अधिकारीले भनिन्, ‘विविध कारणले परदेशीका नेपालीहरुको कथा फिल्ममा देखाउन खोजिएको छ, बाँकी चलचित्र नै हेर्न अनुरोध छ ।’
आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

