डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन: मुख्यमन्त्री पाण्डे

गोरखा | असोज १३, २०८०

डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई उन्मुक्ति दिनु हुँदैन: मुख्यमन्त्री पाण्डे

गोरखा:     गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले डाक्टर कुट्ने र अस्पताल तोडफोड गर्नेलाई कुनैपनि बाहनामा उन्मुक्ति दिन नहुने बताएका छन् । 


शनिबार गोरखा अस्पतालको निरीक्षण गर्ने क्रममा उनले भने ‘अस्पतालमा भएका घटनाकमा संलग्नका बारेमा जुनसुकै पार्टीको होस्, चाहे मेरै पार्टीको होस् चाहे अरु कसैको होस् त्यसमा हाम्रो तर्फबाट कुनै सहानुभुती सद्भाव केही पनि रहँदैन ।’ त्यस्ता गतिविधिमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । ‘यो कुरामा सम्झौता कसैसँग हुँदैन’ उनले थपे ‘यो संवेदनशिल विषय भएकाले सबैको ध्यानाकर्षण हुनुपर्छ ।’ 


‘हाम्रो एउटा मान्यता छ, बचायो भने भगवानले बचाउँछन् भन्छन्, डाक्टर भगवान होईनन्’ उनले भने ‘ मलाई लाग्दैन की कुनैपनि डाक्टरले बिरामीलाई मारौँ भनेर उपचार गर्छ, यस्तो हामीले सोच्नुपनि हुन्न ।’ 

 


पछिल्लो केही समय यता गण्डकी प्रदेशको पोखरा, लमजुङ लगायतका जिल्ला र देशका बिभिन्न ठाउँमा चिकित्सकमाथि आक्रमणका घटना भईरहेको बताउँदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका हुन् । ‘पछिल्लो समय अस्पतालमा अराजकता बढ्नुको कारण क्षतीपूर्ती दिने प्रथा पनि हो’ उनले भने ‘हुलदंगा ग¥यो क्षतीपुर्ती बढी पाउने, नपाउनेलेपनि पनि पाउने । त्यस्तो प्रवृत्तीलेपनि  चिकित्सक र अस्पतालमा अराजकता बढेको छ ।’ चिकित्सकमाथि हातपात र अस्पताल जोगाउन जनप्रतिनिधिले पनि जनतालाई सचेतना जगाउनुपर्ने उनले बताए । 


समाजमा हरेक खालमा मानिस रहेकाले केही उच्छृंखल व्यक्तिले घटना घटाए भन्दैमा चिकित्सकहले काम नै गर्न नसक्ने भयौँ भनेर बस्न नहुने उनले बताए । ‘डाक्टरहरुलाई राज्यले सुरक्षा दिनुपर्छ, हामीले त्यो वातावरण सिर्जना गर्छौँ तर काम सबै रोकेर बस्नु भएन ।’


गोरखा अस्पतालको सेवा सुविधा बिस्तारकालागि गण्डकी प्रदेश सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । अस्पतालका व्यवस्थापन समिति अध्यक्ष लालप्रसाद श्रेष्ठ र निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर हरिकुमार श्रेष्ठले अस्पतालको समस्या र आवश्यकताका बारेमा जानकारी गराएका थिए । जवाफमा मुख्यमन्त्री पाण्डेले प्राथमिकताका आधारमा तत्काल नगरी नहुने कामकोलागि प्रदेश सरकारले बजेट बिनियोजन गर्ने बताए । 


 

पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

थप पढ्नुहोस्

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

थप पढ्नुहोस्

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

थप पढ्नुहोस्