बेपत्ता जीपसँगै भेटियो बुटवलको बस्यालको शव, दुईजना अझै अज्ञात

पाेखरा | असोज १४, २०८०

बेपत्ता जीपसँगै भेटियो बुटवलको बस्यालको शव, दुईजना अझै अज्ञात सांकेतिक तस्बिर

पोखरा:   पर्वतको  कुश्मा नगरपालिका–७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३ सय मिटर तल मोदी किनारमा फेला परेको छ । 

 

जीपसँगै बेपत्ता भएका तीन जनामध्ये रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का गोपालप्रसाद बस्यालको शव फेला परेको हो ।

 

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार दुई जना अझै बेपत्ता छन् । 

 

गएराती बागलुङदेखि पोखराका लागि छुटेको ग १ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता भएको थियो । 

 

जीप चालकलाई पर्वत प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्