प्रधानमन्त्री प्रचण्डले म्याच फिक्सिङ गरे: उपमहासचिव गुरुङ
पाेखरा | असोज १५, २०८०
पोखरा: नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार र शेरबहादुर देउवासँग मिलेर म्याच फिक्सिङ गरेको आरोप लगाएका छन् ।
पोखरामा आजदेखि सुरु भएको नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै उपमहासचिव गुरुङले भ्रष्टाचारको अनुसन्धानको सुइरो पूर्वप्रधानमन्त्रीहरुको श्रीमती तर्फ घुम्दा म्याच फिक्सिङ गरेको आरोप लगाएका हुन् ।
उनले नेकपा एमाले बलियो र सत्तामा नजाँदासम्म अपराधी समाउने र लुकाउने सम्झौता अहिलेको गठबन्धनले गरिरहने बताए ।
‘आफ्नो सरकार टिकाउन लागि अपराधी लुकाएर, अपराधी समाउने कुरामा सम्झौता गरेर अहिलेको सरकार चलेको छ’, गुरुङले भने, ‘यो अवस्था त्यो दिनसम्म चलिरहन्छ जबसम्म एमाले बलियो र सत्तामा पुग्दैन, ।’
उनले भ्रष्टाचारको विषयमा अहिलेको सरकारले नौटङ्की देखाइरहेको समेत टिप्पणी गरेका छन् ।
उपमहासचिव गुरुङले माधव नेपालले पार्टी फुटाएर गल्ती गरेको भन्दै एमालेमा समाहित हुन समेत सुझाव दिएका छन् ।
‘माधव नेपालले पार्टी फुटाएर नयाँ पार्टी स्थापना गरेपनि केही परिवर्तन देखिएन, केपी ओलीसँग झगडा गरेर मात्र पार्टी चल्दैन’, उनले भने, ‘गण्डकीमा एकसिट पनि जित्न सकेन, परिवर्तन केही भएको छैन, एमालेमा छिटै समाहित हुनुहोला ।’
पोखरा: बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ । तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...
काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ । काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

