प्रधानमन्त्री प्रचण्डले म्याच फिक्सिङ गरे: उपमहासचिव गुरुङ
पाेखरा | असोज १५, २०८०
पोखरा: नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माधवकुमार र शेरबहादुर देउवासँग मिलेर म्याच फिक्सिङ गरेको आरोप लगाएका छन् ।
पोखरामा आजदेखि सुरु भएको नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै उपमहासचिव गुरुङले भ्रष्टाचारको अनुसन्धानको सुइरो पूर्वप्रधानमन्त्रीहरुको श्रीमती तर्फ घुम्दा म्याच फिक्सिङ गरेको आरोप लगाएका हुन् ।
उनले नेकपा एमाले बलियो र सत्तामा नजाँदासम्म अपराधी समाउने र लुकाउने सम्झौता अहिलेको गठबन्धनले गरिरहने बताए ।
‘आफ्नो सरकार टिकाउन लागि अपराधी लुकाएर, अपराधी समाउने कुरामा सम्झौता गरेर अहिलेको सरकार चलेको छ’, गुरुङले भने, ‘यो अवस्था त्यो दिनसम्म चलिरहन्छ जबसम्म एमाले बलियो र सत्तामा पुग्दैन, ।’
उनले भ्रष्टाचारको विषयमा अहिलेको सरकारले नौटङ्की देखाइरहेको समेत टिप्पणी गरेका छन् ।
उपमहासचिव गुरुङले माधव नेपालले पार्टी फुटाएर गल्ती गरेको भन्दै एमालेमा समाहित हुन समेत सुझाव दिएका छन् ।
‘माधव नेपालले पार्टी फुटाएर नयाँ पार्टी स्थापना गरेपनि केही परिवर्तन देखिएन, केपी ओलीसँग झगडा गरेर मात्र पार्टी चल्दैन’, उनले भने, ‘गण्डकीमा एकसिट पनि जित्न सकेन, परिवर्तन केही भएको छैन, एमालेमा छिटै समाहित हुनुहोला ।’
आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

