मुक्तिनाथमा नेपाली सेनाले बनायो प्रारम्भिक स्वास्थ्य उपचार केन्द्र

मुस्ताङ | असोज १६, २०८०

मुक्तिनाथमा नेपाली सेनाले बनायो प्रारम्भिक स्वास्थ्य उपचार केन्द्र

मुस्ताङ:  मुस्ताङको मुक्तिनाथ क्षेत्रमा नेपाली सेनाले प्रारम्भिक स्वास्थ्य उपचार केन्द्र तथा दर्शनार्थीमैत्री विश्रामस्थल सञ्चालनमा ल्याएको छ । 

 

नेपाली सेनाद्वारा विनियोजित बजेट ८ लाख ६७ हजार, सामाजिक विकास कार्यालय मुस्ताङ्गबाट ८ लाख र नेपाली सेनाको श्रमदान बापत ४७ लाख ६० हजार गरी कुल ६४ लाख २७ हजार लागतमा लागतमा निर्मित भौतिक संरचना मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकालाई संयुक्त रुपमा हस्तान्तरण गरिएको हो ।

 

उक्त भवन मुक्तिनाथ मन्दिर प्रवेशद्वार नजिकै करिब १ रोपनी सार्वजनिक जग्गामा करिब ६ महिना लगाएर सम्पन्न गरेको हो । 

 

नेपाली सेनाद्वारा निर्मित दशनार्थीमैत्री पूर्वाधारको उद्घाटन पश्चिम पृतना हेडक्वाटरका पृतनापती उपरथी दिपक कुमार बाँनियाले गरे ।

 

सो अवसरमा बोल्दै पश्चिम पृतनापती उपरथी बाँनियाले निर्मित संरचनामा प्रारम्भिक स्वास्थ्य परीक्षण केन्द्र (२ वटा मेडिकल बेड), व्यवस्थित शौचालय र दशनार्थीमैत्री विश्रम कक्ष (२३ वटा फलामे बेञ्च) रहेको बताए ।

 

उनले नेपाली सेनाको शीघ्र प्रवाही योजना अन्तरगत नेपाली सेना २३ नं. बाहिनी, पश्चिम पृतना हेडक्वाटर र नारायण दल गणका दक्ष जनशक्तिको श्रमलानबाट सरोकारवाला निकायहरुको सहकार्यमा निर्माण गरिएको बताए ।
 

पृतनापती बाँनियाले नागरिक र सैनिकबीचको सम्बन्धलाई सुदृढ गर्दै सामाजिक उत्तरदायित्व वहन गरेको सुनाए । 

 

अब उक्त भौतिक संरचनाको रेखदेख, व्यवस्थापन, प्रर्वद्धन र संरक्षणमा मुक्तिनाथ विकास समिति र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले जिम्मा लिएको छ ।

 

मुस्ताङको प्रमुख जिल्ला अधिकारी मुक्तिनाथ विकास समितिको अध्यक्ष हुने प्रावधान छ । सोही अनुरुप अहिले मुक्तिनाथ विकास समितिको अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज पन्त रहेका छन् ।

 

उनले समिति र स्थानीय तहको समन्वयमा स्वास्थ्य परिक्षण केन्द्रमा २ जना स्वास्थ्यकर्मी (अनमी) करारमा भर्ना गरी सेवा सञ्चालन गरिने बताए ।

 

पूर्वाधार हस्तान्तरण कार्यक्रममा वारागुङ मुक्तिक्षेत्र गाउँपलिकाकी उपाध्यक्ष डिकी गुरुङले उक्त पूर्वाधारले दशनार्थीलाई ठुलो सहयोग पुग्ने बताइन् ।

 

सो अवसरमा सेनाको २३ नं. बाहिनी पतिले विशेष सहयोग पू¥याउने अधिकृत तथा सहयोगी गैर सैनिक व्यक्तिहरुलाई प्रशंसापत्र प्रदान गरिएको थियो भने नेपाली सेनाले दशनार्थीका लागि निशूल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।
 

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्