पर्वत बाढीमा बेपत्ता कास्कीका पौडेलको शव स्याङ्जाकाे मिर्मिमा भेटियो
पाेखरा | असोज १६, २०८०
पोखरा: मध्यपहाडी लोकमार्ग अन्र्तगत पर्वतको कुश्मा नगरपालिका ७/८ स्थित तमादीखोलामा शनिबार साँझ एक्कासी आएको बाढीमा बेपत्ता भएका कास्कीको माधव पौडेललेको शव स्याङ्जामा भेटिएको छ ।
बागलुङबाट पोखरा आउँदै गरेको ग १ ज ६२१३ नम्बरको टाटा सुमो गाडी तमादीखोलामा एक्कासीआएको बाढीले बगाउँदा गाडीमा सवार तीन जना बेपत्ता भएका थिए ।
बाढीमा बेपत्ता भएका कास्कीको अन्नपूर्ण गाउँपालिका ३ घर भएका विजय भनिने माधव पौडेलको शव आज बिहान स्याङ्जाको मिर्मिस्थित कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रविन्द्र खनालले जानकारी दिए ।
‘कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधमा शव भेटिएको खवरपछि हामीले जिल्ला प्रहरी कार्यालय पर्वतलाई जानकारी गराएका थियौं’, खनालले भने, ‘पर्वत प्रहरीले परिवारलाई खवर गरेको थियो,परिवारले शव भेटिएको स्थानमा नै आएर सनाखत गर्नुभएको छ, शव पोष्टमार्टमपछि परिवारलाई बुझाउँछौं ।’
मृत भेटिएका पौडेल पोखराको पृथ्वीनारायण क्याम्पसमा मानविकी संकाय चौथो वर्षमा अध्ययनरत थिए ।
बाढीमा गाडीसहित बेपत्ता भएका रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ का ३४ वर्षीय गोपाल बस्यालको शव भने सोही दिन फेला परेको थियो । बाढीमा बेपत्ता भएका बागलुङको ताराखोला गाउँपालिका ३ हिलका डम्मरबहादुर थापा भने अझै अज्ञात छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी केशव केसीले घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल आर्मीले खोजी कार्य जारी राखेको बताए । घटनाको भोलि पल्ट बाढीले बगाएको गाडीको केही भाग सुरक्षाकर्मीको टोलीले फेला पारेको थियो ।
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

