नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै सदनमा उठ्यो आवाज
काठमाडाैं | असोज १६, २०८०
काठमाडौं: बाँकेको नेपालगञ्जमा धार्मिक सद्भाव भड्केको भन्दै संसद्मा आवाज उठेको छ ।
मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद धवलशमशेर जबराले जातीय सद्भाव भड्काउने भन्दै उक्त विषय उठान गरे ।
उनले दुई समुदायमा झडप भएर कर्फ्यु लागेको भन्दै धार्मिक सद्भाव कायम राख्ने गरी कदम चाल्न सरकारसँग अनुरोध गरेका छन् ।
“बाँकेको नेपालगञ्ज सहरमा दुई समुदायमा झडप भएर कर्फ्यु लागेको छ । सरकारलाई अनुरोध छ, हिंसाको घटनाहरु कन्ट्रोल ल्याउनुपर्यो,” उनले भने, “यो सबैको जड मोबाइलको जड हो । साइबर क्राइमलाई तुरुन्तै एक्सनमा ल्याएर ठाउँको ठाउँमा दोषीहरुलाई कारबाही गर्नुपर्छ ।”
उनले सद्भावको सहर नेपालगञ्जमा धार्मिक सद्भाव कायम राख्न स्थानीयलाई पनि अनुरोध गरे ।
संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...
पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...
सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

