शिव गुरुङ ‘भोटे’लाई गुपचुप खोज्दैछ कास्की प्रहरी

पाेखरा | असोज १६, २०८०

शिव गुरुङ ‘भोटे’लाई गुपचुप खोज्दैछ कास्की प्रहरी

पोखरा:   व्यवसाय र राजनीतिमा छलाङ मारेका ‘महेन्द्र भोटे’लाई कास्की प्रहरीले खोजी गरिरहेको छ ।

 

वास्तविक नाम शिव गुरुङ रहेको भोटे यसअघि प्रहरीको रेकर्डअनुसार आपराधिक पृष्ठभूमिबाट उदाएका हुन् । 

 

पोखरामा कुनैबेला ‘ग्याङस्टर’ रहेका भोटे पछिल्लो समय सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था धराशायी भई निक्षेपकर्ता ठगिएपछि सोही प्रकरणमा मुछिएका छन् ।

 

ग्याङस्टरबाट पर्यटन व्यवसायी भएका भोटे त्यसपछि नेकपा एमालेमा प्रवेश गरेपछि हाल राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपमहासचिव हुन् । 

 

त्यस्तै, गत स्थानीय निर्वाचनमा उनी कास्कीको मादी गाउँपालिकाको अध्यक्षमा समेत चुनाव लडेका थिए । यद्यपि, भोटे नेपाली कांग्रेसका देवीजंग गुरुङसँग पराजित भए । उनको स्थायी ठेगाना सोही गापाको वडा १० हो । 

 

यस विषयमा कास्की प्रहरीका उच्च अधिकारीसँग बुझ्दा ‘मिलाएर बुझ्नुहोस्’ भन्दै थप खुलाउन चाहँदैनन् । तर भोटेलाई पक्राउ गर्न वारन्ट जारी भइसकेको र सूर्यदर्शन सहकारीसँग सम्बन्धित अन्य जिल्लाको प्रहरीसँग समन्वय गरिएको सूचना प्राप्त भएको छ । 

 

आइतबार भोटेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । त्यसको सुइँको पाएपछि भोटे सम्पर्कवीहिन छन् । पोखरामा जारी एमालेको प्रथम गण्डकी अधिवेशनमा उनी देखिएका छैनन् । 

 

एमालेका एक जिल्ला नेताका अनुसार उनी गुरुङ वा अधिकारी कुनै गुटका पनि होइनन् । ‘कतैपनि खुलेको थाहा छैन, धेरथोर गुरुङ पक्षमा लागिएको देखिन्छ तर उनलाई जता फाइदा हुन्छन् उनै नेताको पछि लाग्छन्’ उनले भनेका छन् । 

 

प्रहरी स्रोतका अनुसार सूर्यदर्शन सहकारी प्रकरणमा १९ जना विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राइ हुन् ।

 

सन् २००५ मा उनका जेठा दाजु अनन्तबाबु राई हर्बाे इन्टरनेशनलमा कार्यरत रहँदा जिबीका ३ भाइ पाटनको लगनखेल एरियामा भाडामा बस्ने गर्दथे । 
 

उनै जिबी हाल काठमाण्डौंबाट सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनका सञ्चालक रहेका छन् । सहकारीबाट करिब १६ अर्ब रुपैयाँ हिनामिना भएको ठहरपछि भोटे पनि यस प्रकरणमा जोडिएका छन् । भोटेले ७ करोड बढी रकम चलाएको तर प्रक्रिया पुरा नगरेको पाइएको छ । 

 

यससँगै कास्की प्रहरीले भोटे जिबीको कनेक्सनबारे हाल अनुसन्धान गरिरहेको प्रवक्ता एवं डिएसपी श्रवणकुमार बिक बताउँछन् । पक्राउ पुर्जीबारे खुल्न नचाहेका डिएसपी बिकले ‘सबै विषयमा हाल अनुसन्धान चलिरहेको’मात्र बताएका छन् ।  

 

यसैबीच, भोटेले उच्च अदालत पोखराबाट स्टे अर्डर ल्याएको एक पत्रकारले बताएका छन् । उनका अनुसार भोटेलाई फसाउन खोजिएको हुनसक्छ । सुनगाभा न्यूजले यस विषयमा स्वतन्त्र पुष्टी गर्न बाँकी छ । 


 

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्