आज विश्व पशु दिवस मनाइँदै
काठमाडाैं | असोज १७, २०८०
काठमाण्डाै: आज विश्व पशु दिवस, ‘ठूलो वा सानो, हामी सबैलाई माया गर्छौँ’ भन्ने मुख्य नाराका साथ विश्वभर मनाइँदैछ ।
नेपालमा पनि जनावर संरक्षणका लागि चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ । दिवस मनाउनुको मुख्य उद्देश्य संसारभर रहेका सबै जनावरको अवस्था सुधार र सुधारका लागि प्रयास गर्नु हो ।
विश्व पशु दिवसमार्फत् पशु कल्याणका लागि मानिसलाई सचेत गराउनु हो । सन् १९२५ मा बर्लिनमा हेनरिक जिम्मरम्यानले उत्सव नै आयोजना गरेका थिए । त्यसपछि वर्षमा एक दिन विश्वव्यापी कार्यक्रमको रूपमा पशुलाई सम्मान गर्ने गरिन्छ ।
नेपालमा विभिन्न जनावरलाई देवीदेवताको रुपमा पुज्ने चलन छ । तिहारका पाँच दिन काग, कुकुर, गाई/गोरुलाई पूजा गरिन्छ । पर्यावरण संरक्षणमा पशुको आवश्यकता रहन्छ भने वायुमण्डलमा भएको कार्बन र नाइट्रोजनको चक्रलाई सन्तुलित बनाउन पनि जनावरको योगदान महत्त्वपूर्ण मानिन्छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

