उत्तरी गोरखावासीलाई चीनको सीमा प्रवेश अनुमती पत्र वितरण शुरु
गोरखा | असोज १८, २०८०
गोरखा: उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका स्थानीयलाई चीनको सीमा प्रवेश अनुमती पत्र (बोर्डर पास) वितरण शुरु भएको छ । वडा नम्वर ३ फिलिमको सिर्दिवासस्थित इलाका प्रशासन कार्यालयबाट पास वितरण कार्य थालिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
पास वितरणका लागी सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानासहितको टोली सोमबार नै सिर्दिवास पुगेको थियो । पहिलो दिन २० जनालाई पास वितरण गरिएको सहायक प्रजिअ रानाले बताउनुभयो । उहाँका अनुसार वडा नम्वर ३ बाहेकका अन्य नागरिकलाई पास वितरण गरिने छ ।
उक्त पासको म्याद एक बर्षको हुने उहाँको भनाइ छ । ‘हामीले बितरण गर्ने पासको म्याद एक बर्षको हुन्छ, त्यसपछि फेरी रिन्यू गर्नुपर्ने हुन्छ,’ उहाँले भन्नुभयो । यसअघि पास लिएकाहरुले पनि नयाँ पास लिनुपर्ने उहाँको भनाइ छ ।
नेपालभरका सबै बोर्डर पासमा एकरुपता ल्याउने उदेश्यले नयाँ डिजाइनमा पास छपाइ भएकाले पुराना पास भएकाहरुले पनि त्यो बुझाएर नयाँ लिनुपर्ने उहाँले जानकारी दिनुभयो ।
गृहमन्त्रालयले पठाएको डिजाइन अनुसार जिल्लामै पास छपाइ गरिएको हो । बिगत चार बर्षदेखि बन्द अवस्थामा रहेको तिब्बत नाका चीन सरकारले खुल्ला गरिसकेको छ । तर पास नभएकै कारण उत्तरी गोरखाका स्थानीयहरु नाका प्रवेश गर्न पाएका थिएनन् ।
पास उपलब्ध गराइदिन आग्रह गर्दै उनीहरु पटक पटक गृहमन्त्रालय समेत धाएका थिए । गृहमन्त्रालयले निर्देशनपछि पास वितरण कार्य थालिएको प्रशासनले जनाएको छ । सीमाबाट ३० किलोमिटर आसपासका बासिन्दाले मात्र पास पाउने पालिकाले जनाएको छ ।
नागरिकता भएको व्यक्तिलाई मात्र पास उपलब्ध गराइने बताइएको छ । पास पाएपछि स्थानीय खुशी छन् । उत्तरी गोरखाका स्थानीयको मुख्य व्यापारिक केन्द्र तिब्बत मानिन्छ । खाद्यान्न देखि आवश्यक सबै उपभोग्य वस्तु उनीहरु तिव्वतबाट ल्याउने गर्छन् ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

