खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए

पाेखरा | असोज २१, २०८०

खुल्ला सेभेन ए साइड जारी, पहिलो चरणका खेल सकिए

पोखरा:     पोखरा महानगरपालिका १३ माछापोखरी खेल मैदानमा जारी प्रथम खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगितामा पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् । एट टु नाइन गाइजको आयोजनामा जारी प्रतियोगिता अन्तरगत शनिबार पहिलो चरणका खेल सकिएसंगै दोस्रो चरणका खेलहरु समेत सुरु भएका छन् । 


शनिबार भएको पहिलो खेलमा गन्नी फुटबल क्लबले आयोजक एट टु नाइनलाई २–० गोलअन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो खेलमा नदीपुर एफसीले पसगाउँ समाजलाई ३–२ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । 


तेस्रो खेलमा रामघाट गुम्बाले म्याग्दी फुटबल क्लबलाई २–० ले पाखा लगायो । चौथो खेलमा भुजुङले नेभरमिटलाई २–० ले हरायो । पाँचौ खेलमा विवाईसी ३३ ले लोटसलाई ३–० ले हराउन सफल भयो । छैटौं खेलमा भ्रदकालीले जेम्स फुटबल क्लबमाथि ४–० को फराकिलो जित हासिल ग¥यो । सातौं खेलमा कमलपोखरीले रामघाट गुम्बा बी लाई टाइब्रेकरमा २–१ गोलले हरायो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको हो । 


शनिबारको अन्तिम खेलमा गेमशालाले रामघाट गुम्बा ए लाई २–० गोलअन्तरले हरायो । भोलिबाट प्रिक्वाटरफाइनलका खेल सुरु हुनेछन् । 


प्रतियोगिता खेलाडीलाई आर्थिक सहयोग गर्नका लागि गरिएको हो । रग्बी खेलाडी यशोदा बोहोरालाई अर्थिक सहयोग गर्नका लागि प्रतियोगिताको आयोजना गरिएको प्रतियोगिता संयोजक लोक गुरुङले जानकारी दिए । यशोदा नेपालमा भएको यु–२० एसिया रग्बी सेभेन्सको तयारीको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु–१५ साफ महिला फुटबल च्याम्पियनसिपमा नेपालले स्वर्ण जितेको टोलीकी सदस्य पनि हुन् । प्रतियोगिताबाट बचत भएको रकम यशोदालाई प्रदान गरिने गुरुङले बताए । 


असोज १७ गतेदेखी सुरु भएको प्रतियोगिता २३ गते सम्पन्न हुनेछ । असोज १७ गते वर्षाको कारण खेल हुन नसकेपछि १८ गतेबाट सुरु भएको प्रतियोगिता व्यवस्थापक धनराज तामाङले जानकारी दिए ।  विजेताले नगद एक लाख रुपैयाँसंगै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले जानकारी दिए । प्रतियोगिताको उपविजेताले ६० हजार रुपैयाँसंगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा कुल ३९ टिमको सहभागिता रहेको थियो ।

पोखरा:   घुमघामको सिजनसँगै कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा पर्यटकको चाप बढेको छ ।    अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक गाउँमा शुक्रबार मात्रै ३ हजार भन्दा बढी पर्यटक भित्रिएप...

थप पढ्नुहोस्

काठमाडौं:   यमपञ्चकसमेत भनिने तिहारको मुख्य दिन बिहीबार भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी ...

थप पढ्नुहोस्

काठमाडौँ । लागुऔषध अनुसन्धानमा संलग्न घुङ्ग्रुलाई यस वर्षको सर्वोत्कृष्ट कुकुर घोषणा गरिएको छ ।   महाराजगन्जस्थित नेपाल प्रहरी केनाईन कार्यालयले घुङ्ग्रुलाई सर्वोत्कृष्ट घोषणा गर्दै पुरस्कृत गरेको छ । &...

थप पढ्नुहोस्