माछापूच्छ्रे ९ वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण
पाेखरा | असोज २१, २०८०
पोखरा: कास्कीको माछापूच्छ्रे गाउँपालिका वडा नम्बर ९ ले वडा कार्यालयबाट प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण गरेको छ ।
मुक्तिनाथ बिकास बैंक हेम्जा शाखा र माछापूच्छ्रे गाँउपालिकाको समन्वयमा आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण गरिएको वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । उनले वडामा सामाजिक सुरक्षा भत्ता रकम लाभग्राही २ सय ८४ जना मध्ये १ सय ५० जनालाई वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरेको बताए ।
‘चाडपर्वलाई लक्षित गरि त्रैमासिक अगावै वितरण गरेको रकमले लाभग्राहिरु निकै उत्साहित हुनुहुन्छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘वडा कार्यालयबाट सुरक्षा भत्ता वितरण गर्दा ग्रामीण भेगका स्थानीयहरुलाई धेरै सहज भएको छ ।’
सरकारले प्रत्येक ३/३ महिना पूरा भए पछि चौथो महिनाको पहिलो हप्ता भित्र लाभग्राहिले पाउने गरि बैकले वितरण गर्दै आएको छ ।
मुस्ताङ: मुस्ताङको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरेबुङ पास क्षेत्रका लागि निस्किएका १४ जना पर्यटक तथा पदयात्री केहीबेर अघि जिल्ला प्रशासन कार्यालय मुस्ताङको सम्पर्कमा आएका छन् । ...
मुस्ताङ: मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड–४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँ...
काठमाडौं: २०८२ भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्ति, भौतिक संरचना तथा निजी प्रतिष्ठानमा भएको क्षतिको मूल्याङ्कन गर्न तथा पुनःनिर्माण योजना तयार गर्नका लागि अध्ययन गर्न ...

