विपन्नलाई निःशुल्क स्वास्थ्य बीमा
चितवन | असार ७, २०७९
चितवन : चितवनको इच्छाकामना गाउँपालिकाले विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ । गरिबीका कारण गाउँपालिकाका नागरिकहरु स्वास्थ्य बीमाबाट वञ्चित भएकाले कुनै पनि नागरिक स्वास्थ्य बीमाबाट नछुटोस् भन्ने उदेश्यले निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको हो ।
आर्थिक अभावका कारणले नै यहाँका नागरिक नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमबाट वञ्चित भएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताउनुभयो । स्वास्थ्य बीमा नहुँदा यहाँका नागरिकले बिरामी हुँदा उपचारसमेत गराउन नसकेको उहाँको भनाइ थियो । अध्यक्ष गुरुङले भन्नुभयो, “यहाँका कतिपय नागरिक स्वास्थ्य बीमा पनि गर्न सक्ने अवस्थामा छैनन्, बिरामी हुँदा अस्पतालसम्म जान सवारी भाडासमेत हुँदैन, अस्पतालमा भर्ना भएपछि डिस्चार्ज गर्ने रकम नहुँदा समस्यामा पर्ने गरेका छन् ।”
अस्पतालमा उपचार खर्च तिर्न नसक्दा धेरै पटक आफूले जिम्मेवारी लिएर डिस्चार्ज गरेको उहाँको भनाइ छ । स्वास्थ्य बीमा नहुँदा उपचारका लागि चन्दा उठाउनुपर्ने बाध्यतासमेत रहेको भन्दै अध्यक्ष गुरुङले विपन्न परिवारको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने गाउँपालिकाले निर्णय गरेको बताउनुभयो ।
काठमाडौं: नेकपा एमालेको जारी ११ औं महाधिवेशनमा सोमबार बिहान ८ बजेबाट भृकुटी मण्डपमा सुरु हुँदैछ । पार्टीको निर्वाचन आयोगले आइतबार साँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म ...
पाल्पा: शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ। दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा शनिनबार थ...
भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन शनिबार भक्तपुरको सल्लाघारस्थित मैदानमा भव्य रुपमा भएको छ । देशैभरबाट आएका एमालेका नेता तथा कार्यकर्ता एवम् शुभ...

