पारिवारिक विवादसम्बन्धी मुद्दामात्रै हेर्न सर्वोच्चमा स्थापना भयो छुट्टै इजलास

काठमाडाैं | असोज २२, २०८०

पारिवारिक विवादसम्बन्धी मुद्दामात्रै हेर्न सर्वोच्चमा स्थापना भयो छुट्टै इजलास

सर्वोच्च अदालतमा पारिवारिक विवाद सम्बन्धी मुद्दामा सुनुवाइ गर्न छुट्टै इजलास गठन भएको छ।

 

सोमबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्ने इजलासको शुभारम्भ गरेका हुन्। प्रधान न्यायाधीशले आफ्नो संसदीय सुनुवाईको क्रममा अदालतमा पारिवारिक विवादका मुद्दाको सुनुवाइ गर्न छुट्टै इजलासको व्यवस्था गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए।

 

सोही कार्ययोजना अनुसार सर्वोच्च अदालत मुद्दा व्यवस्थापन समितिको निर्णयबाट आजदेखि  त्यस्ता मुद्दाहरूको मात्रै सुनुवाइ गर्न २ वटा छुट्टै इजलास सुरू गरिएको हो। परिवारिक इजलासबाट हाललाई महिला वादी भएका लगाउ नभएका अंश, नाता कायम, घरेलु हिंसा र बालवालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाह लगायत बालवालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरुको सुनुवाई हुने बताइएको छ।

 

इजलासको आरम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले संसदीय सुनुवाइ समितिमा पेश गरेको कार्ययोजना अनुसार पारिवारिक इजलास स्थापना हँदा खुशी मिलेको बताए।


उनले महिला वादी भएका मुद्दा, अंशमुद्दा, नाता कायम, घरेलु हिंसा र बालबालिकासम्बन्धी मुद्दालाई चाँडै टुंग्याउन इजलास स्थापना गरिएको बताए। ‘अब महिलाहरूका लागि छिटोछरितो र भरोसा गर्न सक्ने न्याय हुनेछ भन्नेमा विश्वस्त छु,’ उनले भने साथै सो इजलासमा काम गर्ने जोसुकै न्यायाधीशले यसको उद्धेश्य बुझेर काम गर्न आग्रह गरेका छन्। काठमाडौं  उपत्यकामा अरु जिल्लामा पनि पारिवारिक इजलास स्थापना गर्ने लक्ष भएको पनि उनले बताए।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्