मुस्ताङमा लेक लागेर युक्रेन र भारतीय पर्यटकको मृत्यु
काठमाडाैं | असोज २४, २०८०

जोमसोम: मुस्ताङमा लेक लागेर दुई विदेशी पर्यटकको मृत्यु भएको छ। मृत्यु हुनेमा एक युक्रेनी नागरिक र अर्का एक भारतीय नागरिक रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
पोखराबाट १० जनाको समूहसहित असोज १९ गते मुस्ताङ भ्रमणका लागि आएकी युक्रेनी महिला ३५ वर्षीया अन्ना पानिनाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी दिनेश गौतमले जानकारी दिए कागबेनी बास बसेर असोज १९ गते पैदल हिँडेर झोङ हुँदै मुक्तिनाथ जाने क्रममा बीच बाटोमै उनलाई लेकको समस्या देखिएको सूचना अधिकारी प्रहरी निरीक्षक गौतमले बताए।
युक्रेनी महिला पानिनालाई श्वासप्रश्वास र टाउको दुख्ने समस्या देखिएको थियो। लेक लागेका कारण बिरामी परेकी उनलाई जोमसोम अस्पतालमा उपचार लगिएको थियो। उनको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। लेक लागेर मृत्यु भएकी महिलाको शव हेलिकोप्टरमार्फत् काठमान्डौं उद्धार गरिएको प्रहरीले बताएको छ।
त्यसैगरी भारतको तामेलनाडुबाट मुक्तिनाथ दर्शनका लागि आउँदै गरेकी भारतीय पर्यटक वर्ष ६४ वर्षीया रेवतीको लेक लागेर मृत्यु भएको प्रहरी निरीक्षक गौतमले बताए। उनको उपचारको क्रममा मृत्यु भएको थियो। भारतदेखि १०३ जना भारतीय दर्शनार्थी टोली पोखराबाटबेनी(जोमसोम सडक हुँदै थासाङ गाउँपालिकाको लेते आइपुगेको थियो।
मुक्तिनाथ दर्शन गर्न उद्देश्यले मुस्ताङ आएकी उनलाई लेते आउँदा लेक लागेको थियो। थासाङको लेते प्राथमिक स्वास्थ्य उपचारकेन्द्रमा उपचार लैजाँदै गर्दा उनको मृत्यु भएको थियो। उनी यसअघि पनि विभिन्न रोगबाट ग्रस्त थिइन्।जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार मृतक भारतीय महिलाको शव पोस्टमार्टमका लागि एम्बुलेन्समार्फत् पोखरा लगिएको छ। होचो स्थानबाट एक्कासी स्वास्थ्य परीक्षण नगरी मुस्ताङ आउने प्रचलन र कुनै होल्डिङ सेन्टरमा विश्राम नगरी अग्लो स्थानमा आइपुग्दा लेकको समस्या हुने गरेको प्रहरी निरीक्षक गौतमले बताए। मुस्ताङ समुन्द्री सतहको २७ देखि ४५ सय मिटरको अग्लो उचाईमा अवस्थित छ। गत वर्ष मुस्ताङ भ्रमणका लागि आएका १० जना आन्तरिक तथा बाह्य पर्यटको लेक लागेर मृत्यु भएको थियो।
पोखरा: पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ । आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...
पोखरा: पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको छ । नेपाल मगर पत्रकार संघ कास्कीको आयोजना र नेपाल मगर संघ सराङकोट इकाई समितिको व्यवस्थापनमा पोखरामा पहिलो पटक मगर प्रसारण दिवस मनाइएको हो । ...
काठमाडौं: यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा २३ सय ९२ जना सहभागी हुने भएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको दोस्रो विधान महाधिवेशन मूल व्यवस्थापन स...