सन्दीप लामिछानेको घाेषणा: आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरे

काठमाडाैं | असोज २६, २०८०

सन्दीप लामिछानेको घाेषणा: आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरे Photo: CAN

काठमाडौं:  क्रिकेटर सन्दीप लामिछानेले नेपाली राष्ट्रिय टिमबाट आगामी दिनका प्रतियोगिता नखेल्ने घोषणा गरेका छन् ।

 

गए राति सामाजिक सञ्जालमार्फत उनले यस्तो घोषणा गरेका हुन् । 

 

उनले आफू कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै आफूलाई पुनर्जागृत गर्न आवश्यक रहेको र त्यसका लागि केही समय परिवारसँगै बस्न चाहेको उल्लेख गरेका छन् । 

 

सन्दीप यतिबेला नाबालिग बलात्कारको अभियोग खेपिरहेका छन् । उनीविरुद्ध दायर गरिएको मुद्दा लामो समयदेखि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । 

 

सन्दीपले लेखेका छन्, -'भारी मनका साथ आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको छु । म मेरो जीवनको कठिन र चुनौतीपूर्ण समयहरूबाट गुज्रिरहेको छु । आफूलाई पुनर्जागृत गर्न आवश्यक छ र त्यसका लागि परिवारसँग समय चाहिन्छ भन्ने महसुस गरेको छु । मैले अहिलेसम्म पाएका सबै आशीर्वाद र शुभकामनाहरूका लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु । सबैलाई धन्यवाद । अर्को भेट नभएसम्म।।।’,

पोखरा:  पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...

थप पढ्नुहोस्

पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...

थप पढ्नुहोस्

म्याग्दी:  म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

थप पढ्नुहोस्