कालो सूचीमा पर्ने ऋणीको नामावली जो सुकैले हेर्न नमिल्ने बनाउन आइएमएफको सुझाव

काठमाडाैं | असोज २८, २०८०

कालो सूचीमा पर्ने ऋणीको नामावली जो सुकैले हेर्न नमिल्ने बनाउन आइएमएफको सुझाव

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ० ले कालो सूचीमा पर्ने ऋणीहरूको नामावली जो सुकैले हेर्न मिल्ने गरेर कर्जा सूचना केन्द्रको वेबसाइटमा राख्न नहुने उल्लेख गरेको छ। 

 

आइएमएफले हालै सार्वजनिक गरेको नेपालसम्बन्धी प्रतिवेदन ुफाइनान्सियल सेक्टर स्टेबिलिटी रिभ्यूु मा यस्तो उल्लेख गरेको छ। गत असारको तथ्यांकमा आधारित भएर तयार पारिएको यो प्रतिवेदनमा यस्तो सुझाव समेत दिइएको हो। 

 

नेपाल राष्ट्र बैंक ऐनले कालो सूचीमा राख्नुपर्ने व्यवस्था गरेको छ, तर यो जो सुकैले प्राप्त गर्ने गरी राख्नु हुँदैन,ु आइएमएफको सो प्रतिवेदनमा उल्लेख गरिएको छ। यस्तो जानकारी सार्वजनिक गरिदा ग्राहकको गोपनियतामा अनावश्यक हस्तक्षेप गर्ने र यस्ता जानकारीको दुरुपयोग भएर असर पुग्न सक्ने आइएमफले उल्लेख गरेको छ। यो सूचीमा दशकौंदेखिको नामावली रहिरहेकोमा पनि आइएफएफले चिन्ता व्यक्त गरेको छ। 

 

आइएमएफकाअनुसार सामान्यतया कर्जा सूचना प्रणालीबाट आधिकारीक प्रयोगकर्ताको निश्चित उद्देश्य ९कर्जा वा रोजगारी० को लागि मात्रै यस्ता जानकारीको उपलब्ध गराइन्छ। 

 

तर, कसैले जागिर गुमेको कारण वा स्वास्थ्यमा समस्या आएको कारण पनि ऋण भुक्तानीमा समस्या व्यहोरिरहेको हुन सक्ने र हिनताबोधको कारण ऋणीले सार्वजनिक सेवा लिन नसक्ने अवस्था ​आउनसक्ने भन्दै आइएमएफले नामावली जोसुकैको पहुँचमा पुग्ने गरी सार्वजनिक नगर्न सुझाएको छ। 


राष्ट्र बैंकले समेत केही समय अघि ऋण नतिरेर कालो सूचीमा परेकाहरूको जानकारी पत्रपत्रिकामा सार्वजनिक गर्दा ऋणीको फोटोको प्रयोग नगर्न निर्देशन दिएको थियो। 

 

ब्याजदरमा सिलिङले लघुवित्तको हित गर्दैन 


आइएमएफले लघुवित्तहरूले जारी गर्ने कर्जामा लगाइएको सिलिङले यी संस्थाहरूको दिगोपना समस्यमा आउने समेत उल्लेख गरेको छ। 

 

प्रतिवेदनले लघुवित्तहरूको ब्याजदरमा सीमा नलगाउन सुझाव दिइएको छ। अहिले लघुवित्तले कर्जामा १५ प्रतिशत ब्याजदर लिइरहेका छन्, तर १७ देखि १८ प्रतिशतसम्ममा सापटी लिइरहेका छन्, त्यसैले यसमा दिगोपना छैन, आइएमएफको प्रतिवेदनमा भनिएको छ। 

 

लघुवित्त कम्पनीहरूको ब्याज मार्जिनलाई नकारात्मक पारिरहेको प्रतिवेदनमा उल्लेख छ। हाल लघुवित्तहरूको कर्जामा ब्याजदर १५ प्रतिशत र सेवा शुल्क १।५ प्रतिशत तोकिएको छ।

 

आइएमएफले लघुवित्त कम्पनीहरूलाई समेत आधारदर गणना गर्न लगाएर त्यसमा प्रिमियम लिन सक्ने व्यवस्था हुनुपर्ने सुझाव दिएको छ।

 

यसो गर्दा लघुवित्तमा महत्वपूर्ण शर्त सहितको आधारभूत डिस्क्लोजर बनाउने, लघु कर्जालाई स्पष्ट परिभाषित गर्ने, ब्याजदर पारदर्शी र कर्जा लिन सकिने गरी बनाउनुपर्नेमा आइएमएफले जोड दिएको छ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्