त्रिकोणात्मक सिरिज खेल्ने नेपालको टोली घोषणा
काठमाडाैं | असोज २९, २०८०
तस्बिर फाइल
काठमाडौं: घरेलु टोली नेपालले बुधबार देखी मुलपानी र टियु क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टि२० आई सिरिज खेल्ने टोली घोषणा गरेको छ ।
नेपालको टोलीमा लोकेश बम र ललित नारायण राजवंशी टोलीमा फर्किएका छन् । लोकेश गतवर्ष मार्चमा पपुवा न्युगिनीविरुद्ध टि-२० आई खेलपछि पहिलो पटक परेका हुन् ।
ललित अघिल्लो महिना १९ औं एसियाली खेलकुदको लागि अभ्यासको क्रममा घाइते भएका छन् । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले ब्यक्तिगत कारण नाम फिर्ता लिएको हुँदा उनी त्रिकोणात्मक सिरिजमा छैनन् । सन्दीप नहुँदा श्याम ढकाललाई टोलीमा मौका दिएको छ ।
नेपालले आफ्नो पहिलो खेल कार्तिक १ ९अक्टोबर १८० मा युएईसँग मुलपानी क्रिकेट मैदानमा खेल्नेछ । नेपालले कार्तिक २ (अक्टोबर १९) मा हङकङसँग खेल्नेछ । नेपालले कार्तिक ४ (अक्टोबर २१) मा हङकङसँग खेल्नेछ ।कार्तिक ६९अक्टोबर २३० मा नेपालले युएईसँग खेल्नेछ । राउन्ड रोबिनका सबै खेल मुलपानी मैदानमा हुनेछन् । पहिलो खेल दिउँसो १ बजे हुँदा अन्य खेल विहान ११ बजे सुरु हुनेछ ।
शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् । फाइनल भने कार्तिक १० (अक्टोबर २७) मा टियु क्रिकेट मैदानमा हुनेछ । नेपालले आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोट अघि उक्त सिरिज आयोजना गरेको हो ।आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

