सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउनु आवश्यकः मुख्यमन्त्री पाण्डे

काठमाडाैं | असोज ३०, २०८०

सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउनु आवश्यकः मुख्यमन्त्री पाण्डे फाइल तस्बिर

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुरक्षाकर्मीलाई साधन स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिनुभएको छ । ६८औँ वार्षिकोत्सवका अवसरमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा आयोजित कार्यक्रममा उहाँले सीमित साधन स्रोतका बीच पनि सुरक्षा निकायले खेलेको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै उहाँले समयानुसार बढिरहेको  सुरक्षा चुनौतीलाई सामना गर्ने गरी सधन स्रोत सम्पन्न बनाउनु जरुरी भएको बताउनुभयो ।

 

स्थापनाकालमा सात हजार पाँच सय जनशक्ति लिएर करिब ९७ लाख नागरिकको जीउधनको शान्ति सुरक्षाको जिम्मेवारीका साथ संगठित नेपाल प्रहरी हाल ८० हजार जनशक्ति लिएर तीन करोड नेपालीको सुरक्षा गरिहेको मुख्यमन्त्री पाण्डेले बताउनुुभयो । देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपदका बेला पनि नेपालमा सुरक्षा संयन्त्रले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

 

“भूकम्प, कोभिड, बाढी पहिरो, दुर्घटनालगायतका हरेक विपत्तिमा राज्यको पहिलो उपस्थितिको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएका छन्”, मुख्यमन्त्री पाण्डेले भन्नुभयो । राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी सुरक्षाकर्मीको रहेको उल्लेख गर्दै उहाँले सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको बताउनुभयो । 

 

पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा झन्झट पैदा नगर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले पटक–पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्तिका साथै नागरिकसँगको व्यवहार, आपतकालीन सहयोग आदिले संगठन भित्रको विश्वशनियता बढ्दै जाने बताउनुभयो ।

 

उक्त अवसरमा मुख्यमन्त्री पाण्डेले अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा पुष्पार्पण गर्नुभएको थियो । कार्यक्रमका अवसरमा विभिन्न विधामा उत्कृष्टता हाँसिल गर्ने प्रहरी कर्मचारी, खेलकुदतर्फ उत्कृष्ट कर्मचारी, अमर तथा अशक्त प्रहरीका परिवारजलाई सम्मान गरिएको थियो । रासस 

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्