खुला फुटसल प्रतियोगितामा मेन्टेन एफसी च्याम्पियन, जित्यो ५ लाख
ढुकुका अमित बने सर्वोत्कृष्ट खेलाडी
पाेखरा | असोज ३०, २०८०
पोखरा: पोखरामा सम्पन्न नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल’ प्रतियोगितामा काठमाडौंको मेन्टेन एफसी च्याम्पियन बनेको छ ।
‘परिवर्तनका लागि खेलकुद’ नारासहित राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा आज (मंगलबार) भएको फाइनल खेलमा काठमाडौंको ढुकु फुटसल हबलाई ३–० गोलले पराजित गर्दै मेन्टेन एफसी च्याम्यियन बनेको हो ।
मेन्टेनेको जितमा रफि महर्जन, बिशाल सारुमगर र सुवास श्रेष्ठले समान १/१ गोल गरे ।
च्याम्पियन बनेको मेन्टेन एफसीले उपाधिसँगै नगद रु ५ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै प्रतियोगितामा उपविजेता बनेको काठमाडौंको ढुकु फुटसल हबले नगद रु ३ लाख, शिल्ड, मेडलसहित प्रमाणपत्र हात पार्यो ।
देशभरबाट कुल १४ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट ढुकु फुटसल हबका अमित लामा सर्वोकृष्ट खेलाडी घोषित भए । उनले नगद रु ५० हजारसहित ट्रफी प्राप्त गरे ।

यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा मेन्टेन एफसीका आशिष डंगोल, सर्वाधिक गोलकर्ताका रुपमा एडि युनाटेड भण्डारढिकका रोशन मगर, र उदीयमान खेलाडीका रुपमा दीप युनाटेडका निकेश गुरुङ घोषित हुदैं जनही नगद रु २५ हजार र ट्रफिसहित पुरस्कृत भए ।
यस्तै प्रतियोगिताको अनुशासित टिमको शिल्ड बि –१३ ले प्राप्त गर्यो । विजेता तथा उपविजेता टिमका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका प्रतिनिधि सभा सदस्य तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गण्डकी प्रदेश सभा सदस्य भीम कार्की, गण्डकी प्रदेश सभाका निवर्तमान सदस्य तथा गण्डकी प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्ट, सहयोगी दाताहरु तथा आयोजक संस्थाका संस्थापक राजन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै गण्डकीका मुख्यमन्त्री तथा सांसद पृथ्वी सुब्बा गुरुङले खेलकुदको क्षेत्रमा सरकारले लगानी वृद्धि गर्नुपर्ने धारणा राखे ।
उनले निजि क्षेत्रको लगानीबाटमात्र खेलकुदको विकास पर्याप्त हुन नसक्ने बताउदै सम्बन्धित संस्था र तीन वटै सरकारले चाँसो दिनुपर्ने बताए । उनले सो प्रतियोगिताले फुटसलको विकासमा सघाउने पुग्ने विश्वास व्यक्त गरेका थिए ।
यस्तै समापन समारोहमा गण्डकी प्रदेश सभा सदस्य भीम कार्की र सरस्वती गुरुङ लगायतले बोलेका थिए । गत असोज २७ गतेदेखि सञ्चालनमा रहेको फुटसल प्रतियोगितामा देशभरका कुल १४ वटा टिमको सहभागिता रहेको थियो ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

