स्याङ्जाको ठुलाडिहीमा राप्रपाको नवीन राप्रपा अभियान

स्याङ्जा | कात्तिक २, २०८०

स्याङ्जाको ठुलाडिहीमा राप्रपाको नवीन राप्रपा अभियान

स्याङ्जा:  राप्रपाले स्याङ्जाको पुतलीबजार नगरपालिका ७ ठुलाडिहीमा नवीन राप्रपा अभियान तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।

 

नेपालीको महान् चाड बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान गरेको हो ।

 

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका राप्रपा गण्डकी प्रदेशका अध्यक्ष तथा पूर्वमन्त्री पञ्चराम गुरुङले कार्यक्रमको उद्घाटन गर्दै सम्पूर्णमा शुभकामना व्यक्त गरे ।

 

उनले सो अवसरमा पार्टीलाई नवीन तरिकाबाट अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताउदै सोही अभियान अन्तरगत कार्यक्रम आयोजना गर्दै आएको धारा राखे ।

 

सो कार्यक्रममा कार्य सम्पादन समिति सदस्य तोरण बहादुर गुरुङ, भुपु सङ्गठन केन्द्रीय अध्यक्ष प्रकाश जङ्ग कार्की, पूर्व सहायक महामन्त्री मदन बहादुर कार्की लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

 

सो नवीन राप्रपा तथा शुभकामना आदान प्रदान कार्यक्रममा जिल्लाका नेताहरू, वरिस्ठ उपाध्यक्ष तुलसिह ठकुरी, महिला सङ्गठन अध्यक्ष शोभा गैरे, १ नम्बर क्षेत्रीय अध्यक्ष लाल बहदुर थापा लगायत नेताहरुको उपस्थिति रहेको थियोे भने सो  भेलाले नयाँ वडा कार्यसमिति समेत गठन गरेको थियो ।

बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ ।   जिल्ला अ...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...

थप पढ्नुहोस्

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्