अपराध राष्ट्रपतिबाट कैद मिनाहा पाएका युवकले गरे ‘प्रेमिका’को हत्या
काठमाडाैं | कात्तिक ३, २०८०
काठमाडौं: राष्ट्रपतिबाट ३ महिना कैद छुट पाएर छुटेका पश्चिम रुकुमका एकजना युवक पुन: हत्या आरोपमा पक्राउ परेका छन् ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ घर भएका लोकबहादुर बिक उर्फ लोकेन्द्रलाई हत्या आरोपमा पक्राउ गरिएको रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले बताए ।
लोकन्द्रले मुसीकोट–७ साँखक घर भएकी २७ वर्षीया भावना विकको हत्या गरेका हुन् ।
संविधान दिवसका अवसरमा राष्ट्रपतिबाट कैद माफी पाएका उनले भावनाको हत्या गरेको स्विकार गरेका छन् । असोज ३० मा मुसिकोट नगरपालिका–१ त्रिवेणीचोकको सत्कार होटलमा भावनाको शव फेला परेको थियो । अनुसन्धान गर्दै जाँदा लोकबहादुरले हत्या गरेको खुलेको डिएसपी भट्टराईले जानकारी दिए ।
३३ वर्षीय लोकेन्द्र र भावना प्रेम सम्बन्धमा थिए । भावनाले आफूलाई विवाह गर्न ‘दवाव’ दिएपछि हत्या गरेको लोकेन्द्रले प्रहरीलाई बताएका छन् ।
त्रिवेणी चोकमा रहेको सत्कार होटलमा उनिहरु असार २८ मा पुगेका हुन् । दुईदिन पछि विहानको खाना नखाएर लोकेन्द्र हिँड्न खोजेपछि भावनाले उनलाई तानेकी थिइन् । ‘विवाह गर्नुपर्छ’ भनेर दवाव दिएपछि शुरुमा आफुले छातिमा प्रहार गरेको र त्यसपछि होटलको कोठामा भेटिएको चक्कुले घाँटीमा काटेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् । रातोपाटीमा यो खबर लेखिएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

